कपिल शर्मासँग तेस्रोपटक पनि हारे सुनिल ग्रोबर

कपिल शर्मासँग तेस्रोपटक पनि हारे सुनिल ग्रोबर

भारतीय टेलिभिजनको लोकप्रिय हास्य कार्यक्रम `द कपिल शर्मा शो´ मा डक्टर मशहुर गुलाटी निकै चर्चित र लोकप्रिय नाम हो। गुलाटीको भूमिकामा देखिएर सबैको मन जितेका हास्यकलाकर सुनिल ग्रोबरले कपिल शर्मासँगको झगडापछि अलग भएर एक पटक होइन तीन तीन पटक आफ्नो शो शुरू गरे। तर प्रत्येक पटक उनले हार खानुपर्‍यो।

कपिलसँगको झगडापछि सुनिलले `जियो धन धना धन´ नामक हास्यकार्यक्रम लिएर दर्शकमाझ उपस्थित भए। तर कार्यक्रम खास जम्न सकेन। केही समयपछि नै सुनिलले सो कार्यक्रम बन्द गर्नु पर्‍यो। यसपछि सुनिलले `कानपुर वाले खुरानाज´ नामक कार्यक्रम शुरू गरे। यसको फर्म्याट केही हदसम्म कपिल शर्मा शो सँग मिल्दोजुल्दो थियो। यो कार्यक्रमले पनि खास कमाल देखाउन सकेन र चाँडै नै बन्द भयो।

यसपटक सुनिलले लकडाउनमा बोर भएका मान्छेहरूलाई हँसाउन र मनोरञ्जन दिन `ग्याङ्स अफ फिल्मिस्तान´ नामक शो लिएर दर्शकमाझ उदाए। तर यो शो ले पनि टिआरपी बटुल्न सकेन र शो चाँडै नै बन्द गर्नुपर्‍यो। शो सुरू भएको र बन्द भएको दर्शकहरूले पत्तोसम्म पनि पाएनन्। उता कपिलको एउटै शो लगातार नं एक को स्थानमा बसेर, टिआरपी बटुल्दै टिभी जगतमा धुम मच्चाइरहेछ।

Leave a Reply