राष्ट्रपति निर्वाचन: ट्रम्पलाई लाग्यो ठुलो धक्का, अदालतद्वारा उजुरी खारेज

राष्ट्रपति निर्वाचन: ट्रम्पलाई लाग्यो ठुलो धक्का, अदालतद्वारा उजुरी खारेज

अमेरिकामा राष्ट्रपति चयनका लागि भएको निर्वाचनमा धाँधली भएको आरोप लगाएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अदालतबाट मागेको सहारा  पाउन असफल भएका छन् । मतगणनाका क्रममा पछि परेपछि ट्रम्पले तत्काल रोक्न माग गर्दै उनले संघीय अदालतमा दिएका उजुरीहरु अदालतले खारेज गरिदिएका छन् ।

पूर्व उपराष्ट्रपति जो वाइडेनले बहालवाला राष्ट्रपति डोनाल्ड ट्रम्पलाई मतगणनामा लगातार पछाडि पारिरहेका छन् । अमेरिकामा अहिलेसम्म ५० मध्ये ४४ राज्यबाट मतपरिणाम आइसकेको छ ।

ट्रम्पले आफ्नो मतान्तर कम भएका वा बाइडेनले अग्रता लिएका राज्यहरूमा धाँधली र चुनावी अनियमितता भएको आरोप लगाएका छन् । तर अदालतमा भने  उनले लगाएको आरोप पुष्टि गर्नेगरी प्रमाणहरु नपुगेकोले ट्रम्प पक्षधरद्वारा दर्ता गरिएको उजुरी खारेज गरिएको जनाएको छ । एएनआई

Leave a Reply

Your email address will not be published. Required fields are marked *