KBC 12 : नाजिया नसीम बनिन् पहिलो करोडपति, ७ करोड जितेर रच्लिन् त इतिहास?

KBC 12 : नाजिया नसीम बनिन् पहिलो करोडपति, ७ करोड जितेर रच्लिन् त इतिहास?

`कौन बनेगा करोडपति सिजन १२´ ले दर्शकहरूलाई पूरा मनोरञ्जन दिइरहेको छ। यतिबेला नाजिया नसीम यस सिजनकी पहिलो करोडपती बनेको खबरले कार्यक्रमलाई अझै रोमाञ्चक मोडमा ल्याएर उभ्याइदिएको छ।

कार्यक्रमको निर्माण टिमले कार्यक्रमको प्रोमो सार्वजनिक गरिसकेको छ। जसमा नाजिया नसीमलाई एक करोडको प्रश्नको सही जवाफ दिएको देख्न सकिन्छ। प्रोमोमा अमिताभलाई पनि पुरै जोशमा नाजियाले एक करोड आफ्नो नाममा गरेको घोषणा गर्दै गरेको देख्न सकिन्छ।

नाजिया यस सिजनकी पहिलो करोडपति प्रतिस्पर्धी बनेकी छन्। एक करोडको प्रश्नसम्म प्रतिस्पर्धी कसैगरी पुगे पनि एक करोडको प्रश्नको सही जवाफ दिनु भनेको घिउ निकाल्न औँला बाङ्गो गर्नु जस्तै हो। तर आफ्नो ज्ञानको दममा नाजियाले सही जवाफ दिएर गर्वकी पात्र बनेकी छन्।

प्रोमोमा अमिताभले 7 करोडको ज्याकपट प्रश्न नाजियाको अगाडि राख्दै गरेको देख्न सकिन्छ। जसको सही जवाफ नाजियाले दिन सकेमा उनले इतिहास रच्न सफल हुने छिन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *