आईपीएल: आज सन्दीपले मौका पाउन सक्छन, यी कमेन्टेटरले गरे खुलासा (भिडियोसहित)

आईपीएल: आज सन्दीपले मौका पाउन सक्छन, यी कमेन्टेटरले गरे खुलासा (भिडियोसहित)

विश्वकै चर्तित टि २० क्रिकेट लिग आईपीएलको १३ औँ संस्करण काेराेना भाइरसकाे कारण यूएईमा भइरहेको छ । लिग अन्तर्गत समूह चरणका सबै खेलि सकिएसँगै पहिलो क्वालिफायर म्याचमा मुम्बई इण्डियन्स र दिल्ली क्यापिटल्स आमनेसामने हुँदैछन् ।

यसै क्रममा क्रिकेट विश्लेषक आकाश चोपडाले दिल्ली र मुम्बईबीचको खेलबारे सम्भाव्यताको बारेमा बोल्दै नेपाली लेग स्पिनिर सन्दीप लामिछानेलाई मौका दिनु पर्ने बताएका छन्  ।  भारतीय पूर्वक्रिकेटर  समेत रहेका चोपडाले दिल्लीका खेलाडी रविचन्द्रन आश्विन फिट नभएको अवस्थामा उक्त स्थानमा लामिछानेलाई खेलाउनुपर्ने धारणा राखेका छन्  ।

दिल्लीले पछिल्लोसमय खेलाईरहेका बिदेशी खेलाडी डानियल साम्सको बलिंग महँगो साबित भइरहेको बेला सन्दीप बिकल्प हुने उनले बताएका छन्  । यद्यपि सन्दीपले प्लेइंग ११ मा मौका पाउने बारे अझै अन्योल रहेको छ ।

बिहिबार (आज) नेपाली समयअनुसार साँझ ७ः४५ बजेदेखि दुबईमा सुरु हुने खेलमा विजेता सिधै फाइनलमा पुग्ने भएकाले पनि दुवै दिमका लागि महत्वपूर्ण यो खेल निकै रोमान्चक हुने आंकलन गरिएको छ । जारी सिजनमा मुम्बई लिग चरणमा १४ मध्ये ९ म्याच जितेर १८ अंक जोड्दै शिर्ष स्थानमा रहँदै प्लेअफ प्रवेश गरेको हो भने दिल्ली १४ मा ८ म्याचमा जित हासिल गर्दै दोस्रो स्थानका साथ प्लेअफमा प्रवेश गर्न सफल भएको हो ।

आज पराजित हुने टिमले इलिमिनेटरमा विजयीसँग खेल्ने मौका पाउने छ । जसका लागि शुक्रबार हुने सनराइजर्स हैदराबाद र रोयल च्यालेंजर्स बैंग्लोरबीचको खेलमा विजेता हुनेले प्रतिस्पर्धा गर्नेछ ।

सन्दीपको सम्भावना कति ?
जारी सिजनमा लिग चरणका १४ खेल सकिदा पनि सन्दीप लामिछानेले प्लेइङ्ग ११ मा स्थान पाएका छैनन् । टि २० क्रिकेटमा उत्कृष्ट प्रदर्शन गरिरहेका सन्दीपले १३ औं सिजनको आइपीएलमा भने मौका नै पाएका छैनन् जसले गर्दा उनका समर्थकहरु निराश भएका छन् ।

आजको महत्वपूर्ण  खेलमा उनले मौका पाउने या नपाउनेबारे अझै अन्योल रहेको छ । दिल्लीसंग राम्रो प्रदर्शन गरिरहेका स्पिनर रवीचन्द्रन आश्विन, अक्षर पटेलजस्ता खेलाडी भएका कारण पनि उनलाई प्लेइंग ११मा अटाउन सकस बनिरहेको छ । यद्यपि पछिल्लो खेलमा हेटमायरको ठाउंमा डानियल साम्सलाई मौका दिएको दिल्लीले साम्सको ठाउँमा सन्दीपलाई मौका दिनसक्ने झिनो आशा भने बाँकि नै छ । दिल्लीसँग तिब्र गतिका बलरहरु कागिसो रबाडा, एनरिच नोर्टजेसंगै मिडियम तिब्र गतिका बलर मार्कस स्टोइनिस रहेका कारण साम्सको विकल्प सन्दीप हुन सक्नेछन्।

क्रिकइन्फोले अनुमान गरेको मुम्बईको प्लेइङ-११ : क्विन्टन डिकक, इशान किशन, सूर्यकुमार यादव, सौरभ तिवारी, किरण पोलार्ड, हार्दिक पाण्ड्या, कृणाल पांड्या, राहुल चहर, जेम्स प्याटिनसन, ट्रेन्ट बाउल्ट र जसप्रीत बुमराह ।

क्रिकइन्फोले अनुमान गरेको दिल्लीको प्लेइङ-११ : शिखर धवन, पृथ्वी शा, अजिंक्य रहाणे, श्रेयस अय्यर (कप्तान), ऋषभ पन्त, मार्कस स्टोइनिस अक्क्षर पटेल, कागिसो रबाडा, रविचन्द्रन अश्विन, डानियल साम्स र एनरिच नोर्टजे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *