दिल्लीका कप्तान श्रेषय एैयरले नेपालीमै बोलेर गरे सन्दिपलाई खेलाउने संकेत ( हेर्नुस भिडियो )

दिल्लीका कप्तान श्रेषय एैयरले नेपालीमै बोलेर गरे सन्दिपलाई खेलाउने संकेत ( हेर्नुस भिडियो )

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) को लिग राउन्डका सबै खेल समाप्त भैसकेको छ । लिग म्याचको खेलको आधारमा चार टिम दिल्ली, मुम्बइ, बेङ्लोर र हैदरावादले प्ले अफमा स्थान सुरक्षित गरेका छन् भने बाँकी टिम आईपिएलबाट बाहिरिएका छन् ।

अब क्वालिफायरमा १८ अंक जोडेको शीर्ष टिम मुम्बई र १६ अंक जोड्दै दोस्रो भएको दिल्ली क्यापिटल्सबीच खेल हुनेछ। जित हात पार्ने टिम फाइनल पुग्नेछ। पराजित हुने टिमले दोस्रो क्वालिफायरमा स्थान पाउनेछ।

१४ अंक जोडेर तेस्रो भएको हैदरावाद र समान अंकबाट चौथो बनेको रोयल च्यालेन्जर्स बेंग्लोरबीच एलिमिनेरमा प्रतिस्पर्धा हुनेछ। जित हात पार्ने टिम दोस्रो क्वालिफायरमा पुग्नेछ। पराजित हुने टिम बाहिरिनेछ।

नेपाली राष्ट्रिय क्रिकेट टिमका लेगस्पिनर सन्दीप लामिछानेले आइपिएल २०२० को लिग चरणमा कुनै पनि खेलको प्लेइङ-११ मा स्थान पाउन असफल भएका छन्। उनलाई दिल्ली १४ खेलमै आफ्नो बलिङ कौसल देखाउने अवसर दिएन ।

सन्दीपले आईपीएलका पछिल्ला दुई संस्करणमा दिल्ली ९ खेल खेल्दै १३ विकेट लिएका छन्। २०१८ मा तीन खेलमा पाँच विकेट लिएका सन्दीपले २०१९ मा ६ खेलमा आठ विकेट लिएका थिए। उनले अहिलेसम्म २१० बलमा २९२ रन दिएका छन्। सन्दीपको इकोनोमी ८.३४ को छ। यसरी अघिल्लो शिजनमा राम्रो प्रदशनले पनि सन्दिपलाई प्लेईङ ईलाभेनमा पार्न सकेन ।

यसैबिच दिल्लीका कप्तान श्रेयष एैयरले भने अब पले अफमा सन्दिपलाई खेलाउने संकेत गरेका छन् । सन्दिपले ईन्टाग्राममा एउटा भिडियो अपलोड गरेका छन् जहाँ श्रेयषले नेपालीमा सबैलाई नमष्कार भन्दै अभिवादन गरेका छन् । भिडियोको अन्तिममा श्रेयषले नेपाली बोलेको सुनेर सन्दिप हासेका छन् । यो भिडियोबाट पनि प्रष्ट हुन्छ कि सन्दिप र दिल्लीका कप्तानबिच निकै राम्रो संम्बन्घ छ । र प्ले अफमा सन्दिपले खेल्ने संम्भावना पनि रहेको छ। tajakhabartv.com बाट

Leave a Reply