पोखरामा एकैदिन छ जना कोरोना संक्रमितको मृत्य

पोखरामा एकैदिन छ जना कोरोना संक्रमितको मृत्य

काठमाडौं :  पोखरामा बुधबार छ जना कोरोना संक्रमितको मृत्यु भएको छ । कास्कीका पाँच र तनहुँका एक संक्रमितको मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।  मत्यु हुनेमा पाँच पुरुष र एकजना महिला छन् । योसहित गण्डकी प्रदेशमा कोरोना संक्रमण कारण मृत्यु हुनेको संख्या ९३ पुगेको जनाइएको छ ।

पछिल्लाे २४ घण्टामा देशभर ३ हजार ३०९ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ३ हजार ३०९ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाकारी दिनुभयो ।

बितेको २४ घण्टामा १३,१४४ जनाको पीसीआर परीक्षण गरिएको छ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १८७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

काठमाडौंमा १५७०, ललितपुरमा १८९ र भक्तपुरमा ११९ जना संक्रमित थपिएका छन् । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३८४४ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या १४४८७८ पुगेको छ ।

 

Leave a Reply