सलमान खानले पनि बचाउन सकेनन् यी नायकलाई ! हार्दिक श्रद्धाञ्जलि !

सलमान खानले पनि बचाउन सकेनन् यी नायकलाई ! हार्दिक श्रद्धाञ्जलि !

हालै आएको एउटा खबरका अनुसार रानी मुखर्जीसँग फिल्म `मेहन्दी´मा काम गरेका नायक फराज खान बिरामी छन्। उनको अवस्था निकै नाजुक छ। फराज बेङगलोरको एउटा अस्पतालमा जिन्दगी र मृत्युको लडाइँ लडिरहेका छन्। यस दौरान, उनको परिवारले आफूसँग फराजको मेडिकल बिल चुकाउनेसम्म पनि पैसा नभएको दुखेसो पोखेका थिए।

यस्तोमा बलिउड नायक सलमान खानले अगाडि आएर फराजको उपचारमा लागेको सम्पूर्ण मूल्य चुकाएका थिए। तर सलमानको यो मद्दतले पनि फराजको ज्यान बचाउन सकेन। किनकि आज फराज यो दुनियाँबाट बिदा भएर गैसकेका छन्।

फराज लामो समयदेखि न्युरोलोजिकल डिसअर्डर नामक रोगको सिकार थिए। ४६ वर्षका फराज लामो समयदेखि बेङगलोरको एउटा अस्पतालमा उपचाररत थिए। अभिनेत्री पुजा भट्टले सबैभन्दा पहिले फराजको स्वास्थ्य अवस्था खराब रहेको भन्दै सामाजिक सञ्जालमा जानकारी दिएकी थिइन्। र आज उनैले नै फराजको मृत्युको खबर सबैलाई दिएकी छन्। फराजको उपचारका लागि पुजाले फन्ट जम्मा गरिरहेकी थिइन्। फराजको उपचारमा सहयोग गर्न सलमान अगाडि बढेका थिए। तर आज फराजले संसार छोडेर गएका छन्। हार्दिक श्रद्धाञ्जलि !

Leave a Reply