भारतीय सेनाध्यक्षविरूद्ध माइतीघरमा प्रदर्शन

भारतीय सेनाध्यक्षविरूद्ध माइतीघरमा प्रदर्शन

काठमाडौँ:  राजधानीको माइतिघर मण्डला विरोध प्रदर्शनका लागि सुपरिचित छ। आजै दिउँसो पनि माइतिघर मण्डलामा भारतविरूद्ध विभिन्न २१ दलद्वारा संयुक्त प्रदर्शनी भएको हो।

नरवणेले चीनको उक्साहटमा नेपालले सीमा विवादको लहरो तानेको दाबी गरेका थिए।

भारतीय सेनाका अध्यक्ष जनरल मुकुन्द नरवणे आएकै दिन आज बुधबार ‘गो ब्याक इन्डिया’ लगायतका नाराकासाथ सन् १९५० को सन्धीमा भएका असमानताको विरोध गर्दै सन्धी खारेजीको मागमा प्रदर्शन भएको हो।

कालापानी-लिपुलेक सीमाबारे बोलेका कारण आलोचित भारतीय सेनाध्यक्ष नरवणेको नेपाल भ्रमणमाथि पनि शङ्का व्यक्त गर्दै उनको आगमनको समेत प्रदर्शनकारीहरूले विरोध गरेका हुन्। नरवणेले चीनको उक्साहटमा नेपालले उक्त सीमा विवादको लहरो तानेको दाबी गरेका थिए।

यिनै भारतीय सेनाध्यक्ष नरवणेलाई राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा यसै भ्रमणकाबिच भोलि बिहीबार कार्यक्रमको आयोजना गरी मानार्थ महारथी सम्मान पनि हस्तान्तरण गरिँदै छ।

Leave a Reply