कोरोनाबाट एकैदिन ३० जनाको मृत्यु

कोरोनाबाट एकैदिन ३० जनाको मृत्यु

काठमाडौं :  पछिल्लाे २४ घण्टामा देशभर ३ हजार ३०९ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ३ हजार ३०९ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाकारी दिनुभयो ।

बितेको २४ घण्टामा १३,१४४ जनाको पीसीआर परीक्षण गरिएको छ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १८७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

काठमाडौंमा १५७०, ललितपुरमा १८९ र भक्तपुरमा ११९ जना संक्रमित थपिएका छन् । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३८४४ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या १४४८७८ पुगेको छ ।

देशभर सक्रिय संक्रमितको संख्या ३६ हजार ९ सय ११ रहेको छ । पछिल्लो २४ घण्टामा ३० जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । यससँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ हजार ३४ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *