भारतीय पत्रकार गोस्वामी प’क्राउ

भारतीय पत्रकार गोस्वामी प’क्राउ

काठमाडौं : बेला बेला विभिन्न विवादमा मुछिरहने रिपब्लिकन टेलिभिजनका प्रधान सम्पादक/ पत्रकार अर्नब गोस्वामीलाई प्रहरीले प’क्राउ गरेको छ । गोस्वामीलाई आत्मह’त्या दु’रुत्साहनको मु’द्दामा बुधबार मुम्बई प्रहरीले घरबाटै प’क्राउ गरेको हो ।

गोस्वामीमाथि सन् २०१८ मा एक इन्टेरियर डिजाइनर र उनकी आमाको आ’त्मह’त्यामा दु’रुत्साहन गरेको आ’रोप छ । यो मु’द्दा यसअघि बन्द गरिएको भए पनि महाराष्ट्र प्रहरीले यो मु’द्दामा पुनः अ’नुसन्धान गर्न निर्देशन दिएको थियो ।

गोस्वामीको घर पुगेको प्रहरीले उनलाई हातपात गरेकाे आ’रोप रिपब्लिकन टेलिभिजनले लगाएको छ । टेलिभिजनमा प्रशारित एक भिडियोमा प्रहरीले अर्नबलाई भ्यानमा राख्दै गरेको देखिएको छ । यद्यपि अहिलेसम्म प्रहरीले भने अर्नबलाई पक्राउ गरिएको आधिकारिकरुपमा जानकारी दिएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *