नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या हजार नाघ्याे

नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या हजार  नाघ्याे

काठमाडौं :  नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या हजार नाघेको छ । पछिल्लो २४ घन्टामा २० जनाको कोरोनाबाट निधन भएको स्वस्थ्य मन्त्रालयले जनाएको छ ।

नेपालमा कोरोना भाइरसका तीन हजार ११४ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा जनामा सङ्क्रमण तीन हजार ११४ जना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा ११ हजार १६६ जनाको आरटीपीसीआर परीक्षण गरिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ सम्बन्धी विवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा थपिएका सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमित एक लाख ७९ हजार ६१४ पुगेको छ । हाल ३७ हजार ४७६ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ ।

मन्त्रालयले पछिल्लो चौबीस घण्टामा तीन हजार १४२ जना कोरोना सङ्क्रमित निको भएर घर फर्केको जनाएको छ । हालसम्म एक लाख ४१ हजार १३४ सङ्क्रमित निको भएर घर फर्केका छन् ।

त्यसैगरी, पछिल्लो चौबीस घण्टामा २० जना सङ्क्रमितको मृत्यु भएको छ । योसँगै कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या एकहजार चार पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *