बुर्ज खलिफामा छाए शाहरुख खान, खुसीले झुमे बादसाह! (भिडियो)

बुर्ज खलिफामा छाए शाहरुख खान, खुसीले झुमे बादसाह! (भिडियो)

नोभेम्बर २ अर्थात हिजो बलिउड किङ्ग शाहरुख खानले आफ्नो ५५ औं जन्मदिन मनाए। शाहरुख यतिबेला दुबईमा छन् । यस खास मौकामा दुबईले शाहरुखलाई खास तरिकाले जन्मदिनको शुभकामना दिएको छ।

शाहरुखको जन्मदिनको अवसरमा दुबईको बुर्ज खलिफा पनि उनको रङमा रङ्गिएको देखियो। दुनियाँको सबैभन्दा अग्लो भवनले सानदार अन्दाजमा शाहरुखलाई जन्मदिनको शुभकामना दिएको छ।

यतिमात्र होइन बुर्ज खलिफामा शाहरुखका कैयौं फोटोहरू पनि देखाइए। यससँग सम्बन्धित फोटो र भिडियोहरू सामाजिक सञ्जालमा भाइरल भैरहेका छन्। बुर्ज खलिफा आफ्नो रङ्गमा रङ्गिएको देखेर शाहरुख खान पनि खुसीले झुमेका छन्।

शाहरुखलाई बुर्ज खलिफाले शुभकामना दिएको यो पहिलोपटक भने पक्कै होइन। यसभन्दा अघि पनि यो भवनले आफ्नै अन्दाजमा शाजरुखलाई जन्मदिनको शुभकामना दिएको थियो।

Leave a Reply