भी ग्रुप नेपालको अछाम शाखा गठन

भी ग्रुप नेपालको अछाम शाखा गठन

अछाम : भी ग्रुप नेपालको अछाम शाखा गठन गरिएको छ।

ग्रुपका केन्द्रीय सदस्य जीवन तिमिल्सैनाको प्रमुख आतिथ्यतामा एक कार्यक्रमका बीच युवाहरुको एक भेलाले जेसिस बर्ष २०२० अछामका शाखा अध्यक्ष,होटल व्याबसायि संघ अछामका सचिब एबम होटेल सनसाईन प्लाजाका प्रबन्धक निर्देशक तुलाराम बिसिको सम्योजकत्वमा ९ सदस्यीय तदर्थ समिति गठन गरेको छ ।

अछामका सबै नवउद्यमीलाई अवसर प्रदान गर्न तथा चलिरहेका व्यावसायिक प्रतिष्ठानहरूको प्रर्वद्धन गर्ने उद्देश्यले अछाममा पनि गैरनाफामुखी भी–ग्रुप नेपालको शाखा विस्तार गरिएको छ ।

समितिको सह संयोजकमा जोशि इलेक्ट्रोनिक्स एण्ड IME सेन्टरका प्रो प्राईटर जनक जोशि , सचिबमा धुर्बतारा फोटो स्टुडियो मंगलसेन अछामका प्रबन्धक निर्देशक यकिन्द्र बहादुर बोहरा, कोषाध्यक्षमा रोस्नि किराना पसलका तारा भट्टराई र सदस्यहरुमा प्रभु लाइफ इन्स्योरेन्स अछाम शाखा प्रबन्धक इन्द्र बहादुर खत्री,ढकाल जनरल स्टोर कमलबजार अछामका प्रो प्राईटर श्री कुम्ब ढकाल,ईशा भण्डारि,टेकराज भण्डारि सुर्य परियार लगायतका सदस्य रहेकाछ्न

कार्यक्रम मा नमराज न्यौपाने, अम्मरनाथ न्यौपाने,गोपिसिह नेपाली आकांक्षा शाहि,रन्जु खनाल, दिपिका कुंवर लगायतको उपस्थिति रहेको थियो।

भी–ग्रुपको उद्देश्य नवउद्यमीलाई अवसर दिने र चालू व्यवसायहरूलाई प्रर्वद्धन गर्ने रहेको छ। भी–ग्रुपले चितवन जिल्लाबाट सुरु गरेको यो अभियान ७७ जिल्लाभरमा विस्तार गर्ने योजना राखेको छ।

ग्रुप मार्फत जिल्लामा रहेका नवउद्यमी, विभिन्न क्षेत्रका बिज्ञ,बैंकर,व्याबसायि एबम पेसागत चिकित्सक,ईन्जिनियर,योजनाकर्ता एउटै स्थानमा भेला भई व्यक्तिगत आर्थिक बिकास सहित समग्र बिकासको छलफल गरिने छ।

Leave a Reply