दिल्लीले जितेपछि सन्दीपको प्रतिक्रिया: ‘अब आईपिएल जित्न मात्र दुई कदम दूर’

दिल्लीले जितेपछि सन्दीपको प्रतिक्रिया: ‘अब आईपिएल जित्न मात्र दुई कदम दूर’

एजेन्सी- दिल्ली क्यापिटल्स १३औं आईपीएल टी-ट्वान्टी क्रिकेटको क्वालिफायरमा प्रवेश गरेको छ । आबुधाबीमा सोमबार राति भएको आफ्नो अन्तिम लिग खेलमा रोयल च्यालेन्जर्स बैंगलोरलाई ६ विकेटले पराजित गर्दै दिल्ली क्वालिफायरमा पुगेको हो ।

अबुधाबीमा टस हारेर पहिलो ब्याटिङ गर्दै बैंग्लुरुले १५३ रनको लक्ष्य दिएको थियो । जवाफमा दिल्लीले १९ ओभरमा ४ विकेटको क्षतिमा उक्त लक्ष्य पछ्यायो । दिल्लीलाई जीत दिलाउन अजिंका रहाने र शिखर धवनले अर्धशतकीय पारी खेले । रहानले सर्वाधिक ६० रनको योगदान दिए भने धवनले ५४ रन बनाए । बैंग्लुरुका लागि शहबाज अहमदले २ विकेट लिए ।

यसअघि, देवदत्त पडिक्कलको सिजनको पाँचौ अर्धशतकको मद्दतले बैंग्लुरुले ७ विकेटको क्षतिमा १५२ रन बनाएको थियो । एबी डिविलियर्सले ३५ रन बनाए । दिल्लीका लागि म्यान अफ द म्याच एनरिच नोर्टजेले ३ तथा कगिसो रबाडाले २ विकेट लिए ।

प्लेअफका लागि मुम्बई, दिल्ली र बैंग्लुरुले आफ्नो स्थान पक्का गरेका छन् । चौथो टोलीको फैसला मंगलबार मुम्बई र हैदराबदबीचको खेलले गर्नेछ । सनराइजर्स हैदराबादले आजको खेल जिते प्लेअफ अफमा स्थान बनाउनेछ भने हारे कोलकता नाइट राइडर्स प्लेअफमा पुग्ने चौथो टिम बन्नेछ ।

सन्दिप पनि भए खुसि
यसैबिच दिल्ली प्ले अफमा पुगेपछि नेपाली स्पिनर सन्दिप लामिछानेले खुसि ब्यक्त गरेका छन् । मध्यरातमा ट्विटरमा एक ट्विट गर्दै सन्दिपले खुसि जाहिर गरेका हुन् । ” सबै खेलाडीको मुल्यवान प्रायसले दिल्ली प्ले अफमा पुगेको छ । अब आईपिएल जित्न मात्र दुई कदम दुर ।” सन्दिपले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *