आईपीएल: बैंग्लोर हारेर पनि ‘प्लेअफ’मा, खेलमा सेटिंग मिलेको भन्दै सामाजिक सन्जालमा ‘ट्रोल’

आईपीएल: बैंग्लोर हारेर पनि ‘प्लेअफ’मा, खेलमा सेटिंग मिलेको भन्दै सामाजिक सन्जालमा ‘ट्रोल’

आईपीएल: यूएईमा जारी १३ औँ सिजनको आईपीएल अन्तर्गत साेमबार भएकाे ५५ औं  खेलमा दिल्ली क्यापिटल्ससँग पराजित भएकाे  रोयल च्यालेन्जर्स बैंग्लोर  ‘प्लेअफ’मा प्रवेश गरेको छ ।

दुवै टिम प्लेअफमा पुगेपछि सामाजिक संजाल प्रयोगकर्ताहरुले गेममा सेटिंग भएको प्रतिक्रिया जनाउदै ट्रोल समेत बनाएका छन्  । एकसमय १२.३ ओभरमा १०७/१  को बलियो अवस्थामा रहेको दिल्लीको पारि सुस्त भएको थियो । त्यो अवस्था दिल्लीले ३६ बलमा ४६ रन बनाउन सकेको भए बैंग्लोरको ‘प्लेअफ’मा पुग्ने सपना तुहिले थियो ।

लिगको अंकतालिका रोमान्चक भइरहेको बेला जित्ने पर्ने खेलमा दिल्दीले बैंग्लोर माथि ६ विकेटको जित हात निकालेको हो । टस हरेर बैंग्लोरले दिएको १५३ रनको मध्यम लक्ष्य दिल्लीले १७.३ ओभरमा पुरा गरेको भए बैंग्लोर रनरेटमा पछि पर्दै लिगबाट बाहिरिने थियो  तर दिल्लीले १९ ओभरमा जित निकालेपछि कोलकाता रनरेटमा पछी परेको हो । अब कोलकाता मंगलबार (आज) हुने खेलमा मुम्बई इण्डियन्सले हैदरावादलाई झराएको अवस्थामा मात्रै प्लेअफमा पुग्नेछ ।

आरसीबीले दिएको १ सय ५३ रनको लक्ष्य पछ्याएको दिल्लीले १९ ओभरमा ४ विकेट गुमाएर भेट्टायो । दिल्लीले क्वालिफायर वानमा ५ नोभेम्बरमा मुम्बई इण्डियन्सको भेट पक्का गरेको छ  ।

दिल्लीको जितमा अजिंक्य रहाणेले सर्वाधिक ६० रन बनाए भने शिखर धवनले  ५४ रन, पृथ्वी शाले ९, कप्तान श्रेयस अय्यरले ७, मार्क स्टोइनिसले अविजित १० र ऋषभ पन्तले नटआउट ८ रन बनाए ।  बलिङमा आरसीबीका सहवाज अहमदले २ वासिङ्टन सुन्दरले र मोहम्मद सिराजले एक/एक विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङको मौका पाएको आरसीबीले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ५२ रन बनायो । उसका लागि देवदत्त पाडिक्कलले ५०, एबी डिभिलियर्सले ३४, कप्तान विराट कोहलीले २९, शिवम दुबेले १७, जोश फिलिपले १२ रन बनाए । बलिङमा दिल्ली टिमका एनरिक नोर्टजेले ३, कागिसो रबाडाले २ र रविचन्द्रन आश्विनले एक विकेट लिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *