आईपीएल: बैंग्लोरलाई हराउँदै दिल्ली ‘प्लेअफ’मा, विराट पनि मख्ख

आईपीएल: बैंग्लोरलाई हराउँदै दिल्ली ‘प्लेअफ’मा, विराट पनि मख्ख

आईपीएल : यूएईमा जारी १३ औँ सिजनको आईपीएल अन्तर्गत रोयल च्यालेन्जर्स बैंग्लोर र दिल्ली क्यापिटल्स ‘प्लेअफ’मा पुगेका छन् । सोमबार भएको खेलमा बैंग्लोरलाई ६ विकेटले पराहित गर्दै दिल्ली अंकतालिकाको दोश्रो स्थानमा पुगेको छ ।

आरसीबीले दिएको १ सय ५३ रनको लक्ष्य पछ्याएको दिल्लीले १९ ओभरमा ४ विकेट गुमाएर भेट्टायो ।   अब दिल्लीले क्वालिफायर वानमा ५ नोभेम्बरमा मुम्बई इण्डियन्सको सामना गर्नेछ । दिल्ली प्लेअफमा पुगेको यो लगातार दोस्रो पटक हो ।

आज आरसीबीविरुद्ध जित हासिल गर्न शिखर धवन र अजिंक्य रहाणेले अर्धशतक बनाए । धवनले ४१ बलमा ६ चौकासहित ५४ रन बनाए । त्यस्तै, रहाणेले ४६ बलमा १ छक्का र ५ चौकासहित ६० रनको योगदान दिए । साथै, पृथ्वी शाले ९, कप्तान श्रेयस अय्यरले ७, मार्क स्टोइनिसले अविजित १० र ऋषभ पन्तले नटआउट ८ रन बनाए । रन बनाए ।

बलिङमा आरसीबीका सहवाज अहमदले २ वासिङ्टन सुन्दरले र मोहम्मद सिराजले एक/एक विकेट लिए । यसअघि टस हारेर ब्याटिङको मौका पाएको आरसीबीले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ५२ रन बनायो । उसका लागि देवदत्त पाडिक्कलले ५०, एबी डिभिलियर्सले ३४, कप्तान विराट कोहलीले २९, शिवम दुबेले १७, जोश फिलिपले १२ रन बनाए । बलिङमा दिल्ली टिमका एनरिक नोर्टजेले ३, कागिसो रबाडाले २ र रविचन्द्रन आश्विनले एक विकेट लिए ।

दिल्लीसंग पराजित आरसीबी पनि प्लेअफमा पुग्न सफल भएको छ   ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *