प्रहरी जवानद्वारा किशोरीमाथि ब’लात्कार, घिसार्दै लगेर रुखमा झु’ण्ड्याए

प्रहरी जवानद्वारा किशोरीमाथि ब’लात्कार, घिसार्दै लगेर रुखमा झु’ण्ड्याए

डोटी :  समाजको शान्ति सुरक्षामा खटिनुपर्ने निकायका व्यक्तिबाटै जघन्य अ’पराध ! सामान्यतः कल्पना बाहिरका यस्ता घ’टना बेलाबखतमा सार्वजनिक हुने गरेका छन् तर यस्ता कु’कर्ममा सम्लग्नलाई कानूनी क’ठघरामा उभ्याउने काम पनि तिनै सुरक्षा नि’कायबाट हुँदै आएको छ ।

डोटीका एक सुरक्षाकर्मी नै त्यस्ता घ’टनामा मुछिएका छन्, जसले सभ्य समाजका साथै नेपाल प्रहरीको पनि मर्यादामा प्रश्न उब्जाइदिएको छ । डोटीको जोरायल गाउँपालिका–५ गडसेरास्थित अस्थायी प्रहरी चौकीमा कार्यरत २४ वर्षीय प्रहरी जवान सुशील सिंह बालिका ब’लात्कारमा मु’छिएका छन् । उनीविरुद्ध कि’टानी जा’हेरी परेपछि उनीविरुद्ध का’नूनबमोजिम मु’द्धा चल्ने भएको छ ।

प्रहरी जवान सिंहले जोरायल गाउँपालिका–५ गडसेरा १५ वर्षीया बालिकालाई ब’लात्कार गरेको आ’रोपमा आज जिल्ला प्रहरी कार्यालयमा मु’द्धा दर्ता भएको छ । जिल्ला प्रहरी कार्यालय, डोटीका अनुसार बालिकालाई विवाह गर्ने प्रलोभन देखाइ ब’लात्कार गरेको भन्ने पीडितको उ’जुरीका आधारमा प्रहरी जवानविरुद्ध मु’द्धा दर्ता भएको हो ।

प्रहरी जवान सिंहले यही कातिक १३ गते राति बालिकालाई उनी सुतेकै कोठामा गएर ब’लात्कारपछि घि’सार्दै लगेर रुखमा झु’ण्ड्याएर ह’त्याको प्रयास गरेको पीडित बालिकाका आफन्तले आ’रोप लगाएका छन् । हत्या प्रयासबारे त्यस रात पीडितका पिताले थाहा नपाएका भए ती बालिकाको अकालमा ज्या’न जान सक्ने ख’तरा थियो ।

पीडित बालिकाका पिताले भने, ‘सुनसान रात थियो, कोही चिच्चाएको जस्तो आवाज आयो, को रहेछ भनेर हेर्न जाँदा आफ्नै छोरीलाई उनको कुर्ताको दोपट्टा (सल)ले रुखमा झु’ण्डाएको अवस्थामा भेटेँ । ह’तारहतार गएर दोपट्टा का’टेर बचायौँ ।’

पीडित परिवार अचेत अवस्थामा भेटिएकी छोरीलाई बोकेर उपचारका लागि सेती प्रादेशिक अस्पताल, धनगढी पुगेको थियो । उपचारपश्चात् बालिकाको हो’स आएपछि आज (सोमबार) बल्ल बलात्कारको मु’द्धा दर्ता गर्न आएको पीडित परिवारले जनाएको छ । ‘नागरिकको सुरक्षाका लागि खटिएका प्रहरीबाट यस्तो हुन्छ भने अरुबाट के आश गर्नु ?, ती पिताले भने, ‘हामीले छिटो न्याय पाउनुपर्छ । दोषीलाई कडा का’रबाही हुनुपर्छ ।’

बालिकाको घाँटीमा दोपट्टाले लगाएको फाँ’सीको घाउ अहिलेसम्म स्पष्टै देख्न सकिन्छ । घ’टनाको सत्यतथ्य बुझ्न एक प्रहरी अधिकृतको कमाण्डमा प्रहरी टोली खटाइएको जिल्ला प्रहरी कार्यालय, डोटीका प्रहरी प्रमुख जनकराज पाण्डेले बताए । उनले भने, ‘बालिकाको घाटीमा फाँ’सी लगाएको घाउ देखिन्छ, प्रहरी जवानविरुद्ध ब’लात्कारको मु’द्धा दर्ता गरी छानबिनका लागि टोली ख’टाएको छु, अब मु’द्धा चल्छ ।’

निज प्रहरी जवानले बालिकालाई कु’टपिट गरेका कारण उनको खुट्टामा पनि नि’लडाम देखिन्छ । आफूलाई प्रहरी जवान सिंहले विवाह गर्ने भन्दै सँधै फोन गर्ने गरेको पीडित बालिकाले आ’रोप लगाएकी छिन् । रासस

Leave a Reply