आफ्नी आमालाई ICU मा भेट्न जान चाहँदैनथे शाहरुख खान, कारण यस्तो !

आफ्नी आमालाई ICU मा भेट्न जान चाहँदैनथे शाहरुख खान, कारण यस्तो !

बलिउडका किङ्ग मानिने सुपरस्टार शाहरुख खान आज आफ्नो ५६ औँ जन्मदिन मनाइरहेका छन्। यो खास मौकामा शाहरुखसँग जोडिएका खास कुराहरू चर्चामा छन्। यसैबीच अस्पतालको सैय्यामा आफ्नी आमालाई शाहरुख भेट्न नगएको कुरा धेरैले सम्झिएका छन्।

शाहरुखका अनुसार, जुन दिन उनकी आमाको मृत्यु भयो त्यसदिन उनी दिल्लीको बत्रा अस्पतालको पार्किङ लटमा प्रार्थना गरिरहेका थिए र आमा ICU मा भर्ना भएकी थिइन्। त्यसबेला उनी आफ्नी आमालाई भेट्न गएका थिएनन्। किनभने उनलाई कसैले भनेको थियोे, यदि उनले यसरी नै प्रार्थना गरिरहेमा उनकी आमालाई केही हुने छैन। शाहरुखलाई १०० पटक प्रार्थना गर्न लगाइएको थियो। तर उनले सयभन्दा धेरैपटक प्रार्थना गरिसकेपछि डक्टर आएर उनलाई ICU मा जान आग्रह गरे। यसको मतलब आमाको अन्तिम अवस्था आइसकेको छ भन्ने थियो।

शाहरुखले पुरानो अन्तर्वातामा भनेका छन्, “म ICU मा जान चाहन्नथेँ, किनभने मलाई लागेथ्यो मैले प्रार्थना गरिरहे मेरी आमा बाँच्ने छिन्। तर बहिनी र अन्य मानिसहरूले जोड गरेपछि म त्यहाँ जान बाध्य भएँ। मानिस सबै कुरामा सन्तुष्ट भएपछि मात्र उसले दुनियाँ छोड्न सक्छ भन्ने मेरो विश्वास थियो। यदि आमाबाबु कुनै कुरामा सन्तुष्ट छैनन् भने आफ्ना सन्तान छाडेर जान सक्दैनन्। यस्तो लाग्दथ्यो।

त्यसैले मैले अन्तिम घडीमा आमाको अगाडि बसेर गलत कुराहरू धेरै बोलेँ। मैले उनलाई दुख दिएँ, सकेसम्म असन्तुष्ट पार्न चाहेँ। ताकी आमा असन्तुष्ट होऊन् र जीवित रहून्, जान नचाहून्। यसका लागि मैले बहिनीलाई नहेर्ने, गलत काम गर्ने, पढाइ छाड्ने र काम नगर्नेजस्ता मुर्खतायुक्त कुराहरू गरिरहेँ। तर यी सब कुरा त बालापनका विश्वास न थिए। आमालाई जानू नै थियो। सायद मैले गतल काम गर्ने छैन र बहिनीलाई राम्रोसँग राख्ने छु भन्ने विश्वासले आमालाई सन्तुष्ट पारेको थियो।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *