आईपीएल: केकेआरको फराकिलो जित, बाहिरियो राजस्थान

आईपीएल:  केकेआरको फराकिलो जित, बाहिरियो राजस्थान

यूएईमा जारी १३ औँ सिजनको आईपीएल अन्तर्गत राजस्थान रोयल्सलाई ६० रनले पराजित गर्दै कोलकाता नाइट राइडर्सले प्लेअफमा पुग्ने गणितीय सम्भावना कायम राखेको छ ।

केकेआरले दिएको १ सय ९२ रनको लक्ष्य पछ्याएको राजस्थानले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ३१ रन मात्र बनाउन सक्यो । उसका लागि राहुल तेवटियाले ३१, जोश बटलरले ३५, बेन स्टोक्सले १८, श्रेयस गोपालले अविजित २३, रोबिन उथप्पा, जोफ्रा आर्चरले ६/६, कप्तान स्टिभ स्मिथले ४, कार्तिक त्यागीले २ र सञ्जु सामसनले १ रन बनाए । बलिङमा प्याट कमिन्सले ४, वरुण चक्रवर्तीले ३, शिबम माबीले २ र कमलेश नगरकोटीले एक विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङको मौका पाएको केकेआरले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ९१ रन बनायो । उसका लागि कप्तान इयोन मोर्गनले अविजित ६८ रन बनाए भने शुभमन गिलले ३६, राहुल त्रिपाठीले ३९, आन्द्रे रसेलले २५ र प्याट कमिन्सले १५ रन बनाए ।

सुनील नारायण, नीतिश राणा र दिनेश कार्तिक भने आज शून्यमै आउट भए । बलिङमा राजस्थानका राहुल तेवटियाले ३, जोफ्रा आर्चर र श्रेयस गोपालले एक/एक विकेट लिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *