कोरोना जितेर मैदानमा फर्किएका रोनाल्डोले पहिलो खेलमै गरे दुई गोल

कोरोना जितेर मैदानमा फर्किएका रोनाल्डोले पहिलो खेलमै गरे दुई गोल

काठमाडौं : काेराेना भाइरसकाे संक्रमण देखिएपछि दुई हप्ता मैदानमा नछिरेका क्रिस्टियानो रोनाल्डोले मैदान फर्किएपछिको आफ्नो पहिलो खेलमै दुई गोल गरेका छन् ।  आइतबार राति भएको खेलमा स्पेजियामाथि युभेन्टसले ४–१ को सहज जीत हासिल गर्ने क्रममा रोनाल्डोले दुई गोल गरेका हुन्  ।

खेलको १४ औं मिनेटमै युभेन्टसका लागि पहिलो गोल मोरातेले गरेका थिए । तर पहिलो गोलको अग्रता युभेन्टसको लागि लामो समयसम्म टिक्न सकेन र टि.पोबेगाले स्पेजियाका लागि पहिलो गोल गर्दै खेललाई बराबरीमा ल्याएको थियो ।

रोनाल्डोले खेलको ५६ औं मिनेटमा मैदान छिरेका थिए र मैदान छिरेको ३ मिनेटमै गोल गरेका थिए । त्यसपछि लगातार युभेन्टसको गोलको वर्षा भएको थियो । खेलको ६७ औं मिनेटमा र्याबिओटले गोल गरे । त्यसंगरी अन्तमा खेलको ७६ औं मिनेटमा क्रिस्टियानो रोनाल्डोले पुनः एक गोल गर्दै खेललाई ४–१ को जितमा सकाएका थिए ।

जीतसँगै १२ अंक बटुल्दै साबिक विजेता टोली लिगको तेस्रो स्थानमा उक्लेको छ । शीर्ष स्थानमा रहेको एसी मिलानभन्दा युभेन्टस ४ अंकले पछि रहेको छ । रोनाल्डो गत १३ अक्टुबरमा कोरोना पोजेटिभ पाइएका थिए । समयमा नगेटिभ रिजल्ट प्राप्त नगर्दा गत बुधबार च्याम्पियन्स लिगमा बार्सिलोनाबिरुद्धको खेल उनले गुमाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *