गायक भिटेनले मागे माफी

गायक भिटेनले मागे माफी

काठमाडौँ : र्‍यापर समीर घिसिङ भिटेनले हालै युट्युबबाट सार्वजनिक गरेको र्‍याप पारामा आ’पत्तिजनक शब्द समावेश भएकोमा मा’फी मागेका छन्। उनले शनिबार एक विज्ञप्ति जारी गर्दै केही शब्द आ’पत्तिजनक परेमा माफी माग्दै संशोधनसहित सोही गीतको नयाँ म्यूजिक भिडिओ सार्वजनिक गरिने बताएका हुन् ।

पारामा समावेश शब्दले कतिपय निकायप्रति ठेस पुगेको गुनासो आएपछि आपत्तिजनक शब्दको संसोधन गरिने उनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

‘सम्बन्धित निकायहरु तथा महानुभावहरुलाई उक्त म्यूजिक भिडिओमा प्रयोग भएका केही शब्दहरुबाट पर्न गएको असुविधा तथा चोटप्रति क्षमायाचना गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ, ‘उक्त म्युजिक भिडिओलाई अनाधिकृत रुपमा कुनै पनि माध्यमबाट अपलोड नगरिदिन हुन आग्रह गर्दै आधिकारीक च्यानलबाट चाँडै नै संशोधित भिडिओ प्रसारण हुने जानकारी गराउँदछौं।’

उनको गीतमा केही अश्लील शब्द प्रयोग गरिएका थिए। यसपछि प्रहरी प्रधान कार्यालयले छानबिनका लागि साइबर ब्यूरोलाई निर्देशन दिएको थियो।

प्रहरीले अनुसन्धान थालेपछि भिटेनले उक्त गीत प्राइभेट गरेएका थिए। भिटेनले प्राइभेट गर्नुअघि नै सो गीतमा १० लाखभन्दा बढी भ्यूज आइसकेको थियो।

Leave a Reply