कांग्रेसलाई लुटेरा र जड्याहा पार्टीको संज्ञा दिएको भन्दै नेविसंघको ध्यानाकर्षण

कांग्रेसलाई लुटेरा र जड्याहा पार्टीको संज्ञा दिएको भन्दै नेविसंघको ध्यानाकर्षण

एकेन्द्र खत्री ,अछाम :नेपाली कांग्रेस पार्टीलाइ लुटेरा र जड्याह पार्टीको संज्ञा दिदै अनिष्ट र घृणीत अभिव्यक्ती दिएको भन्दै नेपाल बिद्यार्थी संघ नेविसंघ सोडषा मावी इकाइ कमिटीले ध्यानाकर्षण भएको जनाएको छ । गौरव साली इतिहास बोकेको प्रजातन्त्रीक पार्टीलाइ यस्तो अभिव्यक्ती दिने शिक्ष्मकले आफ्नो जिम्मेवारी, मर्यादा र दायीत्वलाइ बिर्शेर पार्टीलाइ नव सामन्तबादी, अप्रजातन्त्रीक र लुटेराको संज्ञा दिनुले बिद्यार्थी र आम लोकतन्त्र प्ति आस्था राख्ने हरुको हृदयमा ठेस पुगेको बिज्ञप्ती मार्फत जनाइएको छ । इकाइ सभापती खेमराज बिष्टको हस्ताक्षर रहेको बिज्ञप्तीमा यस्तो अभिव्यक्ती दिने शोडषा देवी माध्यामीक बिद्यालयका शिक्षक भिम बहादर बोगटीलाइ सामाजीक संजालबाटै तिन दिन भित्र माफी माग्न निर्देशन दिइएको छ । यदी तिन दिन भित्र निर्देशनको पालना नगरे नेविसंघ सोडषा मावी इकाइ कमिटी आन्दोलीत हुने र कारवार्हीमा उत्रने चेतावनी समेत दिइएको छ ।

Leave a Reply