सन्दिपलाई नखेलाएकाे भन्दै दिल्लीमाथि खनिए नेपाली फ्यान…

सन्दिपलाई नखेलाएकाे भन्दै दिल्लीमाथि खनिए नेपाली फ्यान…

एजेन्सी : युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) सुरु भएको ४० दिन बितिसक्यो र यसमा ५२ वटा खेल भइसके। प्राय सबै टिमले १३ खेल खेलिसकेका छन् । हिजो मुम्बईबिरुद्धको हारसँगै प्लेअफ पुग्ने दिल्लीको योजनामा धक्का लागेको छ भने मुम्बई १८ अकंसहित समूह चरणको अंक तालिकाको शीर्ष स्थानमा रहेर प्लेअफ पक्का गरेको छ। दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा दिल्लीले दिएको १ सय ११ रनको समान्य लक्ष्य मुम्बईले १४.२ ओभरमा १ विकेट गुमाएर भेट्टायो।

दिल्लीलाई प्लेअफ पुग्‍नका लागि आगामी खेलमा कुनै पनि हालतमा रोयल च्यालेन्जर्स बैंगलोरलाई पराजित गर्नुपर्ने चुनौती आएको छ। शीर्ष स्थानको मुम्बइ इण्डियन्सले प्लेअफमा स्थान निश्चित गरिसकेको छ भने पुच्छारमा रहेको चेन्नइ सुपर किंग्स त्यो होडबाट बाहिरिसकेको छ। बाँकी सबै टिमहरु अझै प्लेअफको होडमा छन्। अर्थात प्लेअफको बाँकी तीन स्थानका लागि अझै ६ टिमहरु संघर्षरत छन्। दिल्लीले भने १३ खेलमा ७ म्याचमा जित हासिल गर्दा ६ खेलमा हारको सामना गरेको छ।

यसैबिच आईपिएल सुरु हुनु भन्दा अगाडि नेपाली फ्यान निकै उत्साही थिए तर प्रतियोगिता अन्तिमसम्म आईपुग्दा नेपाली फ्यानहरु निकै निराश तथा आक्रशित पनि भएका छन् । दिल्लीले अहिलेसम्म नेपाली स्पिनर सन्दीप लामिछानेलाई अवसर दिएन। उनलाई दिल्लीले यो सिजन एउटा पनि खेलमा अवसर दिएकै छैन। त्यसैले नेपाली फ्यान निराश र आक्रोशित भएका छन् । उनिहरुले लगातार सोसल मिडियामा आक्रोश ब्यक्त गरिरहेका छन् ।

दिल्लीले आफ्नो सोसल मिडिया एकाउण्टमा हरेक दोस्रो दिन नेपाली स्पिनर सन्दिप लामिछानेको फोटो हालेर लाईक र कमेन्ट बटुल्ने गरेको छ । तर अहिले भने दिल्लीको हरेक पोस्टमा नेपाली फ्यानहरुले सन्दिपलाई नखेलाउने दिल्लीको चर्को आलोचना गरिरहेका छन् । कतिपयले सन्दिपलाई दिल्लीले प्रचारको लागि मात्र टिममा राखेको बताएका छन् भने कतिले सन्दिपको बेईज्जत नगर्न दिल्लीलाई चेतावनी समेत दिईरहेका छन् । त्यस्तै सन्दिपलाई नखेलाएको दिल्ली चाँडै आईपिएलबाट बाहिरिएको हेर्न चाहने नेपाली फ्यानको संख्या पनि लगातार बढेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *