आईपीएल: यी ४ कारण मुम्बईसँग दिल्ली हार्यो

आईपीएल: यी ४ कारण मुम्बईसँग दिल्ली हार्यो

काठमाडौं : यूएईमा जारी १३ औँ सिजनको आईपीएल अन्तर्गत ५१ औं खेलमा  दिल्ली क्यापिटसमाथि मुम्बई इण्डियनले  ९ विकेटको फराकिलो जित निकालेको छ ।

दुवइ इन्टरनेसनल क्रिकेट स्टडीयममा टस हारेर ब्याटिंगको निम्तो पाएको दिल्लीले फितलो प्रदर्शन गर्दै १ सय ११ रनको समान्य लक्ष्य दिएको थियो । जुन मुम्बईले १४.२ ओभरमा १ विकेट गुमाएर भेट्टायो । उसका लागि इशान किशनले अविजित ७२, क्विन्टन डिककले २६ र सूर्यकुमारले नटआउट १२ रन बनाए । बलिङमा एकनरिक नोर्टजले एक विकेट लिए ।

यसअघि दिल्लीले निर्धाीरत २० ओभरमा ९ विकेट गुमाएर १ सय १० रन मात्र बनाउन सक्यो । उसका लागि कप्तान श्रेयस अय्यरलले २५, ऋषभ पन्तले २१, रविचन्द्रन आश्विन, कागिसो रबाडाले १२/१२, शिमरोन हेटमायरले ११, पृथ्वी शाले १० रन बनाए । बाँकी ब्याट्सम्यानले भने दोहोरो अंकमा समेत रन बनाउन सकेनन् ।

बलिङमा ट्रेन्ट बोल्ट, जसप्रीत बुमराहले ३/३, नाथनकल्टर नाइल र राहुल चाहरले एक/एक विकेट लिए । आजको जितसँगै मुम्बईले तालिकामा १८ अंक जोडेको छ । उसले १३ खेलमध्ये ९ म्याचमा जित हासिल गरेको छ । दिल्लीले भने १३ खेलमा ७ म्याचमा जित हासिल गर्दा ६ खेलमा हारको सामना गरेको छ ।

 

मुम्बईविरुद्ध दिल्लीका हार्नुका ३ कारण
खराब ब्याटिङ : मुम्बईविरुद्ध पनि दिल्लीका कुनै पनि ब्याट्सम्यान टिकेर खेल्न सकेनन् । दिल्लीका चार खेलाडीले त आज दोहोरो अंकमा समेत रन बनाउन सकेनन् ।

टिमका ओपनिङ ब्याट्सम्यान आउट भएसँगै दिल्लीको विकेट पतन रोकिएन । आज दिल्लीका लागि कप्तान श्रेयस अय्यरले सर्वाधिक २५ रन बनाउँदा अन्यको प्रदर्शन सम्झनालयक नै रहन सकेन । ब्याटिङ नचल्नु नै आज दिल्लीको प्रमुख कारण बन्न पुग्यो ।

बुमराह र बोल्टको घातक बलिङ : दिल्लीविरुद्ध मुम्बईका फास्ट बलर जसप्रीत बुमराह र टेर्ट बोल्टले घातक बलिङ गरे । बुमराहले आज ४ ओभरमा ३ विकेट लिएर १७ रन दिए ।

बोल्टले ४ ओभरमा ३१ रन दिएर महत्वपूर्ण ३ विकेट हात पारे । बुमराह र बोल्टका अगाडि दिल्लीका ब्याट्सम्यान निकै कमजोर देखिए । जसकारण पनि उसले लज्जास्पद हार ब्यहोर्नु पर्यो ।

टस हार्नु : पछिल्ला केही म्याचमा टस निकै महत्वपूर्ण रहेको छ । आज दिल्लीले टस हारेर ब्याटिङको मौका पायो । अगाडि ब्याटिङ गर्दा दिल्ली सुरुवातदेखि नै दबाबमा रह्यो ।

पीचको प्रभावले पनि होला खासै चौका/छक्काको वर्षा भए । छक्का हान्ने धुनमा दिल्लीले आज बढी विकेट गुमाउन पुग्यो ।

Leave a Reply