सार्वजनिक सवारी नयाँ नियम लागू

सार्वजनिक सवारी नयाँ नियम लागू

अब सार्वजनिक सवारीका अनिवार्य रुपमा यात्रुले देख्ने ठाउँमा भाडादर टाँस्नुपर्ने भएको छ । यदी नराखेको पाइएमा कारवाही गरिने महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । एक बिज्ञप्ति जारी गर्दै महाशाखाले सार्वजनिक सवारीहरुले यात्रुहरुको सहजताका लागि अनिवार्य भाडादर राख्ने नियम लागू गरेका बताएको छ ।

महाशाखाले अभियानकै रुपमा संचालन गरेर सार्वजनिक सवारीमा भाडादर टाँस्ने काम गरिहेको छ । शुक्रबारबाट थालिएको यो अभियान निरन्तर चल्ने बतायएको छ । हालसम्म महाशाखाले ४ सयभन्दा बढि सार्वजनिक सवारीहरुमा भाडादर टाँसेको जनाएको छ ।

आगामी दिनमा भाडादर नराखिएको पाइएमा कारवाही हुने महाशाखाले जनाएको छ । यसअघि सार्वजनिक सवारीमा यात्रुहरु ठगिने गरेको गुनासो आउने गरेको थियो । सार्वजनिक सवारीहरुले यात्रुहरुबाट मनपरी भाडा लिने गरेको पाइएको थियो । यो अभियानले यात्रुहरुलाई यात्रा गर्न सहज हुने विश्वास लिइएको छ ।

त्यस्तैगरी सवारी साधनहरुलेआरक्षण सिट राखेर अनिवार्य कार्यान्वयन गर्नुपर्ने र क्षमताभन्दा बढी यात्रु राख्न नपाइने, हर्न बजाउन नपाइने, ढोका खुल्ला नराख्न र स्वास्थ्य मापदण्ड पालना पूर्ण रुपमा पालना गर्नुपर्ने महानगरिय ट्राफिक प्रहरी महाशाखाले जनाएका छ ।

Leave a Reply