आईपीएल: सन्दीपलाई बेन्चमै राखेको दिल्लीको लगातार चौथो हार, मुम्बईको फराकिलो जित

आईपीएल: सन्दीपलाई बेन्चमै राखेको दिल्लीको लगातार चौथो हार, मुम्बईको फराकिलो जित

काठमाडौं : यूएईमा जारी १३ औँ सिजनको आईपीएल अन्तर्गत ५१ औं खेलमा  दिल्ली क्यापिटसमाथि मुम्बई इण्डियनले  ९ विकेटको फराकिलो जित निकालेको छ ।

दुवइ इन्टरनेसनल क्रिकेट स्टडीयममा टस हारेर ब्याटिंगको निम्तो पाएको दिल्लीले फितलो प्रदर्शन गर्दै १ सय ११ रनको समान्य लक्ष्य दिएको थियो । जुन मुम्बईले १४.२ ओभरमा १ विकेट गुमाएर भेट्टायो ।  उसका लागि इशान किशनले अविजित ७२, क्विन्टन डिककले २६ र सूर्यकुमारले नटआउट १२ रन बनाए । बलिङमा एकनरिक नोर्टजले एक विकेट लिए ।

यसअघि दिल्लीले निर्धाीरत २० ओभरमा ९ विकेट गुमाएर १ सय १० रन मात्र बनाउन सक्यो । उसका लागि कप्तान श्रेयस अय्यरलले २५, ऋषभ पन्तले २१, रविचन्द्रन आश्विन, कागिसो रबाडाले १२/१२, शिमरोन हेटमायरले ११, पृथ्वी शाले १० रन बनाए । बाँकी ब्याट्सम्यानले भने दोहोरो अंकमा समेत रन बनाउन सकेनन् ।

बलिङमा ट्रेन्ट बोल्ट, जसप्रीत बुमराहले ३/३, नाथनकल्टर नाइल र राहुल चाहरले एक/एक विकेट लिए । आजको जितसँगै मुम्बईले तालिकामा १८ अंक जोडेको छ । उसले १३ खेलमध्ये ९ म्याचमा जित हासिल गरेको छ । दिल्लीले भने १३ खेलमा ७ म्याचमा जित हासिल गर्दा ६ खेलमा हारको सामना गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *