देशभर थपिए २ हजार ५०८ जना काेराेना संक्रमित

देशभर थपिए २ हजार ५०८ जना काेराेना संक्रमित

काठमाडाैँ : पछिल्लाे २४ घण्टामा देशभर  थप २ हजार ५०८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार २७९ जनाको पीसीआर परीक्षण हुँदा सो संख्यामा कोरोना संक्रमण पुष्टि भएको हो ।   यससँगै देशभर कुल १ लाख ७० हजार ७४३ कोरोना संक्रमित रहेकोमा १ लाख ३१ हजार २२२ संक्रमणमुक्त भएका छन् ।

याे सँगै बितेको २४ घण्टामा थप २ हजार २६४ जनाले  कोरोना भाइरसकाे संक्रमण जितेर घर फर्किएका छन् ।  बितेको २४ घण्टामा थप १७ जनाको मृत्यु भएको छ । यससँगै कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या ९३७ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *