चर्चित अभिनेता आमिर खानविरुद्ध पर्यो मुद्धा

चर्चित अभिनेता आमिर खानविरुद्ध पर्यो मुद्धा

बलिउडका मिस्टर पर्फ्रेक्सनिस्ट भनेर चिनिने आमिर खान आफ्नो आगामी फिल्म `लाल सिंह चड्डा´का कारण चर्चामा छन्। यसै फिल्मको सुटिङका दौरान आमिर देश विदेश पुगेका खबरहरू आइरहेका छन्।

यसैबीच आमिर आफ्नो फिल्मको सुटिङका लागि बुधबार गाजियाबादस्थित ट्रोनिक सिटीको रूपा फ्याक्ट्रीमा पुगेका थिए। आमिरले त्यहाँ आफ्ना केही फ्यानहरूसँग फोटो पनि खिचाएका थिए। त्यस दौरान उनले मास्क लगाएका थिएनन् र सामाजिक दूरीको पालना पनि गरेका थिएनन्। अब यही कुरालाई लिएर विवाद खडा भएको छ। आमिरविरुद्ध केस पनि दर्ता भएको छ।

लोनी विधायक नन्दकिशोर गुर्जरले ट्रोनिक सिटी पुलिस चौकीमा आमिरले लकडाउन नियमको उल्लङ्घन गरेको आरोप लगाउँदै केस दर्ता गरेका छन्। उनले केसमा आमिर रूपा आफ्नो टिमका साथमा आएको र भीड जम्मा पारेको तथा त्यस समयमा लकडाउन नियमको पालना नगरेको व्यहोरा उल्लेख गरेका छन्। साथै मुद्दाको प्रक्रिया अगाडि बढाउन अनुरोध गरेका छन्।

जी न्युजका अनुसार, ट्रोनिक सिटीमा आमिर पुग्दा त्यहाँ उनका धेरै समर्थकहरू जम्मा भएका थिए। यस दौरान आमिरले मास्क लगाएका थिएनन् र सामाजिक दूरीको नियम पालना गरेका थिएनन्। यसैकारण आमिरविरुद्ध लोनी विधायकले केस दर्ता गराएका हुन्।

Leave a Reply