आईपीएल: दिल्ली र मुम्बई भिड्दै, सन्दीपले पाउन सक्छन् मौका

आईपीएल: दिल्ली र मुम्बई भिड्दै, सन्दीपले पाउन सक्छन्  मौका

काठमाडौं, १५ कात्तिक : यूएईमा जारी १३ औँ सिजनको आईपीएलमा आज दिल्ली क्यापिटल्सले आफ्नो १३ औँ म्याच खेल्दै छ । उसले १३ औँ म्याच सिजनकै उत्कृष्ट प्रतिस्पर्धी मुम्बई इण्डियन्सविरुद्ध खेल्न लागेको हो । यी दुई टिमबीचको खेल दिउँसो ३ः४५ बजेदेखि दुबईमा सुरु हुनेछ ।

जारी सिजनमा दुबै टिमले १२-१२ म्याच खेलिसकेका छन् । मुम्बईले १२ म्याचमध्ये ८ मा जित र चार खेलमा हारको सामना गरेको छ ।

दिल्लीले १२ खेलमा ७ म्याचमा जित हासिल गरेको छ । तालिकामा मुम्बई शीर्ष र दिल्ली तेस्रो स्थानमा छ ।

मुम्बईविरुद्ध सन्दीपको सम्भावना?
दिल्लीमा आवद्ध नेपाली लेगस्पिनर सन्दीप लामिछानले जारी सिजनमा अहिलेसम्म एक खेलमा पनि मौका पाउन सकेका छैनन् ।

आज मुम्बईविरुद्ध पनि उनले मौका पाउने सम्भावना कम छ । यद्यपि अघिल्लो खेलमा दिल्ली पराजित भएकाले प्लेइङ-११ मा उसले परिवर्तन गर्दा सन्दीपले मौका पाउने ठाउँ भने छ ।

आज मुम्बई र दिल्लीको म्याच हुने मैदानमा लेगस्पिनर राशिद खानले शानदार बलिङ गरेका थिए । उनकै उत्कृष्ट बलिङका कारण हैदराबादविरुद्ध दिल्ली ८८ रनले पराजित भएको थियो ।

यसअर्थमा आजको खेलमा दिल्ली नयाँ रणनीतिका साथ मैदान उत्रिन सक्छ । दिल्लीका लगातार खेलिरहेका बलरको प्रदर्शन मुम्बईले नजिकबाट देखेको छ । त्यसकारण आज दिल्लीले विदेशी कोटाबाट खेलिरहेका चारमध्ये एक खेलाडीलाई विश्राम दिएर सन्दीपलाई प्लेइङ-११ मा समावेश गर्न पनि सक्छ ।

विदेशी कोटाबाट एनरिक नोर्टजे र कागिसो रबाडा खेल्ने पक्का जस्तै छ । यदि दिल्लीले सन्दीपलाई मौका दिए शिमरोन हेटमायर र मार्कस स्टोइनिसमध्ये एक जनालाई विश्राम दिन सक्छ । यसो भएमा सन्दीप खेल्ने सम्भावना छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *