चितवनको कालिका-५,पदमपुरकी बेसहारा महतो दिदि बहिनीले पाए पक्की घर

चितवनको कालिका-५,पदमपुरकी बेसहारा महतो दिदि बहिनीले पाए पक्की घर

चितवन:चार वटा खाँबो गाडेर त्रिपाल टाँगेर दिन रात काट्दै आएका कालिका नगरपालिका–५, पदमपुर निवासी मुसनी महतो र फोहरी महतोले सोचेका पनि थिएनन पक्की घरमा बस्न पाइन्छ भन्ने । छाप्रोमै जिन्दगी कट्ने अवस्था रहेका उनिहरुले दशैमा नयाँ घर पाए ।

मानसिक र शारीरिक अवस्था कमजोर रहेका ती दिदी बहिनीमा निकै परिबर्तन समेत आएको छ । जब उनिहरुको अबस्थाका बारे सामाजिक अभियन्ताहरुले जानकारी पाए त्यस दिन देखि महतो दिदी बहिनीको जिन्दगीमा परिवर्तन आउने संकेत मिल्यो ।

नभन्दै उनिहरुले छोटो अबधिमा पक्की घर दसैंको टिकाको अघिल्लो दिन उपहार स्वरुप प्राप्त गरे । उनीहरूको बसोबासका लागि बहिनीहरू एतरिया महतो र ठगनी महतोले जग्गा उपलव्ध गराएका हुन् ।

सोही जग्गामा दुई कोठे घर बनाएर उनिहरुलाई हस्तान्तरण गरिएको सिंगो समुहको नेतृत्व गरेका मुरली प्रसाद गजुरेलले बताए । घर निर्माणका लागि देश बिदेशमा बस्ने नेपालीहरुले सहयोग गरेका छन् ।

घर निर्माणका लागि कुल ३ लाख ८२ हजार ८९ रुपैयाँ संकलन भएकोमा २ लाख ९७ हजार ९४६ रुपैयाँ खर्च भएको गजुरेलले बताए । संकलित रकमबाट केही बचत भएकाले सो रकम सामाजिक कार्यमा खर्चने उनले बताए । पारदर्शिताका लागि सहयोग गर्ने दाताहरुको नाम घरको भित्तामा लेखिएको छ ।

 

नयाँ घर हस्तान्तरण अघि स्वयं ती दिदी बहिनीले रिवन काटेर उद्घाटन गरे भने सिंगो समूहले घरको चाबी हस्तान्तरण गरे । ती दिदी बहिनी ज्यानले सक्ने बेला सम्मअरुको काम गरेर गुजारा चलाउँदै आएका थिए । जब थलिए उनिहरु आफ्नै बहिनीको घरमा शरण लिन पुगे ।

पहिले

महतोका बहिनीहरुले आफ्नै जग्गामा बस्न दिएका थिए । त्यही जग्गामा अस्थायी रुपमा उनिहरुका लागि घर बनाइएको हो । सिंगो समुहमा गजुरेल सहित प्रेम रिमाल, कमल पाठक, लेख बहादुर पुन, असोक न्यौपाने छन् । घर निर्माणमा पत्रकार सन्तकुमार चौधरीले सहजीकरण गरेका थिए ।

सिंगो समुहका सदस्य प्रेम रिमालको अध्यक्षतामा भएको घर हस्तान्तरण कार्यक्रममा सोही वडा अध्यक्ष जिएन महतो, नेपाल बार एशोसिएसन चितवनका अध्यक्ष कमल पाठक, गाउँ बेशी चेपाङ संरक्षण केन्द्रका अध्यक्ष केपि किरण शर्मा, पुर्बी चितवन पत्रकार संघका अध्यक्ष होमनाथ सापकोटा, भारत प्रवासी संघ केन्द्रिय सदस्य दुर्गादत्त पौडेल लगायतले मन्तव्य राखेका थिए ।

गजुरेल सहितको टोलीले लकडाउनको अवधिमा मात्रै करिब तीन सय बढी परिवारलाई खाद्यान्न सहयोग गरिसकेका छन् ।   kalikadainik.com बाट साभार

 

Leave a Reply