अछामको ढकारी गाउँपालिकामा चक्कु प्रहार गरि हत्या गर्ने थप एकजना पक्राउ

अछामको ढकारी गाउँपालिकामा चक्कु प्रहार गरि हत्या गर्ने थप एकजना पक्राउ

अछाम :अछाम जिल्लाको ढकारी गाउँपालिका ३ मा असोज १० गते दसैंको दिन चक्कु प्रहार गरि ढकारी गाउँपालिका ७ रुजका १६ वर्षिया दिपेन्द्र थापाको हत्या गरि फरार रहेका थप एकजना पक्राउ परेकाछन ।

ढकारी गाउँपालिका १ मा रहेको बाचकोटबाट घरजाने क्रममा ढकारी गाउँपालिका वडा नं.३ को गडिहाल्ने बजार नजिकै मदिरामा लट्ठ परेका ढकारी गाउँपालिका ३ का ४१ बर्षिया नरेन्द्र बुढा र २७ वर्षिया नर बहादुर बुढाले घर फर्किदै गरेका दिपेन्द्र थापा माथी चक्कु र लाठी प्रहार गरि हत्या गरेका थिए ।
नरेन्द्र बुढालाई असोज ११ गते पक्राउ गरिएको थियो भने फरार रहेका नरबहादुर लाई ५ दिन पछी शुक्रबार दिउँसो जिल्ला प्रहरी कार्यालय अछाम तथा ईप्रका कमलबजार अछामबाट खटिई गएको प्रहरी निरीक्षक लोकेन्द्र सिंह गुरुको टोलीले कमलबजार नपा वडा नं. ६ कालापोखरा भन्ने स्थान बाट पक्राउ गरीएको हो । निज प्रतिबादीहरुलाई कर्तब्य ज्यान मुद्धा शिर्षकमा मुद्धा दर्ता गरी थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।

धारिलो हतियार प्रयोग गरि घाईते बनाएकोमा देबेन्द्र थापाको उपचारको क्रममा सोही राती जिल्ला अस्पताल अछाममा मृत्यु भएको र गम्भीर घाईते १४ बर्सिय रुद्र थापालाई थप उपचारको लागी कोहलपुर मेडिकल कलेज नेपालगंजमा पठाई उपचार भईरहेको छ ।

Leave a Reply