देशभर थपिए ३ हजार ५१७ संक्रमित

देशभर थपिए ३ हजार ५१७ संक्रमित

काठमाडौं:  पछिल्लाे २४ घण्टामा देशभर ३ हजार ५ सय १७ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा ३ हजार ५ सय १७ संक्रमित थपिएसंंगै नेपालमा संक्रमितको कुल संख्या १ लाख ६८ हजार २ सय ३५ पुगेको छ ।

प्रदेश अनुसार सबै भन्दा धेरै वागमती प्रदेशमा २ हजार २ सय ६६ र सबैभन्दा कम कर्णाली प्रदेशमा ३४ जना थपिएका छन् ।

त्यसबाहेक २४ घण्टामा प्रदेश १ मा ५ सय ६८ जना, प्रदेश २ मा १ सय ९ जना, गण्डकी प्रदेशमा २ सय २४ जना, लुम्बिनी प्रदेशमा २ सय ६५ जना र सुदूरपश्चिम प्रदेशमा ५१ जना संक्रमित थपिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *