रअ प्रमुखकाे विषयमा प्रधानमन्त्रीले गरे सुलासा

रअ प्रमुखकाे विषयमा प्रधानमन्त्रीले गरे सुलासा

काठमाडौँ :  प्रधानमन्त्री केपी शर्माओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दूत भन्दै गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ (रअ) का प्रमुख सामन्तकुमार गोयल पठाएको दाबी गरेका छन् । गुप्तचर प्रमुखलाई बालुवाटारमा रातारात भेट गरेको भन्दै प्रधानमन्त्री ओलीको चर्को आलोचना भएपछि उनले यस्तो तथ्य सार्वजनिक गरेका हुन् ।

प्रधानमन्त्री ओलीले यो भेटबारे औपचारिकरुपमा केही नबताएपनि आफू नजिकका नेताहरुलाई यसबारे ब्रिफिङ गर्दै प्रधानमन्त्री नरेन्द्र मोदीले पठाउँछु भनेको दूत रअ प्रमुख रहेको आफूले थाहा नपाएको बताएका हुन् ।

प्रधानमन्त्री ओलीलाई भेट्न भारतीय गुप्तचर प्रमुख गोयलको टोली गत बुधबार दिउँसो विशेष विमानमा काठमाडौं आएको थियो । सोही दिन राति १० देखि १२ बजेसम्म प्रधानमन्त्री ओलीसँग बालुवाटारमा भेट गरेर बिहीबार बिहान टोली दिल्ली फर्केको थियो ।

गुप्तचरको टोली बालुवाटार आएको मिडियाबाट ‘एक्स्पोज’ भएपछि विहीबार प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले प्रेस नोट जारी गरेर गुप्तचर प्रमुख सामन्तले प्रधानमन्त्री ओलीसँग शिष्टाचार भेट गरेको बताएका थिए ।

Leave a Reply