२९ लाख नगदसहित १० जुवाडे प’क्राउ

२९ लाख नगदसहित १० जुवाडे प’क्राउ

बाँकेमा तास खेलिरहेको अवस्थामा १० जनालाई बुधबार राति प्रहरीले प’क्राउ गरेको छ । नेपालगंज उपमहानगरपालिका-४ बसपार्कस्थित तास खेलिरहेको खबर पाएपछि छापा मार्न्र क्रममा सोही स्थान बस्ने ४१ वर्षीय सन्तोष थापा लगायत १० जनालाई  प्रहरीले पक्राउ गरेकाे हाे ।

तास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालयबाट खटीएको प्रहरीले उनीहरूलाई नगद २९ लाख ४८ हजार ७ सय रुपैयाँ र ८ गड्डी तास सहित फेला पारी प’क्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Leave a Reply