कमलबजार नगरपालिकाका नगरप्रमुख बिष्टलाई कोरोना संक्रमण

कमलबजार नगरपालिकाका नगरप्रमुख बिष्टलाई कोरोना संक्रमण

अछाम : जिल्लाको कमलबजार नगरपालिकाका नगर प्रमुखलाई कोरोना संक्रमण भएको छ । नगर प्रमुख ओमप्रकाश बिष्टलाई बुधबार कोरोना संक्रमणको पुष्टी भएको हो ।

बुधबार नेपालगञ्ज बागेश्वरी डाईग्नोटिक्स परिक्षण केन्द्रमा भएको परिक्षणमा नगर प्रमुख बिष्टलाई कोरोना देखिएको कमलबजार पिसिआर परिक्षण प्रयोगशालाका सुचना अधिकारी टेक बहादुर बिष्टले जानकारी दिए ।

आफ्नो कोरोना रिपोर्ट पोजेटिभ आएपछि नगर प्रमुख बिष्टले सामाजिक सञ्जाल मार्फत आफु नजिक र आफ्नो सम्पर्कमा आएकाहरु लाई सुरक्षित रहन आग्रह गरेका छन् ।

साथैे बिष्टले आफु सुरक्षित साथ होम क्वारेण्टाईनमा बसेको र लक्षण समेत खास्सै नरहेको बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *