तानाशाही शैलीमा गाउँपालिका चलाएको भन्दै उपाध्यक्षद्वारा तालाबन्दी

तानाशाही शैलीमा गाउँपालिका चलाएको भन्दै उपाध्यक्षद्वारा  तालाबन्दी

अछाम : अछामको रामारोशन गाउँपालिकाकी उपाध्यक्ष सरस्वती रावलले कार्यालयमा तालाबन्दी गरेकी छन्। गाउँपालिका सरकारले एकतन्त्रीय शासन व्यवस्था र तानाशाही शैलीमा काम कारवाही गरेको भन्दै उपाध्यक्ष रावलले बुधबारदेखि अनिश्नितकालिन तालाबन्दी गरेकी हुन्।

उनले विज्ञप्ति जारी गर्दै स्थानीय सरकार संचालन ऐनविपरीत उपाध्यक्षको अधिकार खोसेर काम भइरहेको जनाएकी छन्।

योजनाको अनुगमन तथा सुपरीवेक्षणको अधिकार उपाध्यक्षको भए पनि अनुगमन प्रतिवेदनविना योजनाको भुक्तानी दिइएको उपाध्यक्ष रावलको आरोप छ। साथै कर्मचारी भर्ना तथा छनोटमा समेत अनियमिता गरिएको र योजना छनोटसमेत केन्द्रबाट लादिएको उनले आरोप लगाएकी छन्।

गाउँपालिका सरकारले गर्ने हरेक काम कारवाहीमा आन्तरिक तथा पार्टीमा पटक पटक छलफल हुँदासमेत कार्यशैली परिवर्तन नभएपछि बाध्य भएर तालाबन्दी गर्नुपरेको विज्ञप्तिमा उल्लेख छ।

गाउँपालिकाका अध्यक्ष झंकर साउद र उपाध्यक्ष रावल तत्कालीन नेकपा माओवादी केन्द्रबाट निर्वाचित हुन्।

गाउँपालिका सरकारले आर्थिक प्रलोभनमा परेर कर्मचारी भर्ना गरेको भन्दै प्रतिपक्षी नेपाली कांग्रेसले समेत केही दिनअघि शान्तडा बजारमा प्रदर्शन गरेको थियो।

www.ukeraa.com बाट साभार

Leave a Reply