तिमिल्सैनमा लाग्ने ऐतिहासीक सैनगडाको दशै मेला यस बर्ष नहुने

तिमिल्सैनमा लाग्ने ऐतिहासीक सैनगडाको दशै मेला यस बर्ष नहुने

 अछाम:कोज्रागत पूर्णिमाको दिन अछाम जिल्लाको बान्नीगढी जयगढ गाउँपालीका वडा नं ४ तिमिल्सैनमा लाग्ने ऐतिहासीक सैनगडाको दशै मेला यस बर्ष नहुने भएको छ । मेलाको दिन नित्य पुजा बाहेक अरु कुनै पनि कार्यक्रम नहुने भएको हो ।

कोरोना भाईरसको जोखिम बढ्दै गएका कारण ऐतिहासीक सैनगडाकाको दशै मेला नहुने बान्नीगढी जयगढ गाउँपालीका वडा नं ४  तिमिल्सैनका अध्यक्ष कर्ण बहादुर ठकुल्लाले जानकारी दिनुभयो ।

केही दिन अघि समेत बान्नीगढी जयगढ गाउँपालीकाले समेत ऐतिहासीक सैनगडाकाको दशै मेला नहुने सार्वजनिक सुचना प्रकाशित गरेको थियो ।

अछाम जिल्लाका कुनै पनि ठाउँमा लाग्ने दशै मेला समेत नमनाउन जिल्ला प्रशासन कार्यलयले एक सार्वजनिक सुचना जारी गर्दै निर्देशन दिएको छ । यदी कही कतै नित्य पूजाबाहेक अन्य कार्यक्रम गरे संक्रमण रोग ऐन अनुसार कारवाही गरिने प्रमुख जिल्ला अधिकारी गोकर्ण प्रसाद उपाध्यले बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *