गुल्मीका गरिव बस्तीमा दशैँ मान्ने नयाँ तरिका, काङ्ग्रेस नेता भण्डारीलाई सम्झदै खुशी साट्दै

गुल्मीका गरिव बस्तीमा दशैँ मान्ने नयाँ तरिका, काङ्ग्रेस नेता भण्डारीलाई सम्झदै खुशी साट्दै

गुल्मी । गुल्मीका केही गरिब बस्तीहरुमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व सांसद डा. चन्द्र भण्डारीको अवधारणा र व्यवस्थापनमा यस बर्ष पनि अनुकरणीय दशै सम्पन्न भएको छ ।

उपहार, दक्षिणा र भोजनसहित उनीहरुको मुहारमा खुशी ल्याउन डा भण्डारीले सात वर्षदेखि थालेको योजनाले यसपटक पनि निरन्तरता पाएको हो । उहाँले अहिले आफू शोकमा भएकाले गुल्मी जान नपाए पनि स्थानीय व्यवस्थापन समिति बनाएर उनीहरुलाई कोरोनाका बेलामा पनि खुशीयाली दशै बनाइदिनु भएको छ ।

उहाँले भन्नुभयो, ‘आफू शोकमा भएको र कोरोना भाइरसका कारण परिस्थिति सहज नभए पनि मेरो योजना भने समितिमार्फत पूरा भएको छ । उहाँहरुले हर्सोल्लासका साथ समूदायमै पुगेर टीका लगाइदिनु भएको छ । आशा राखेको समूदाय खुशी भएको छ ।’
नेपालको नमूना दशैंको रुपमा रहेको गुल्मीको ‘माझी बस्तीमा मनाइने दशैँ’ यसपटक महानवमी र विजयादशमी गरी दुई दिन आयोजना गरिएको थियो ।
गुल्मीको बम्धाको आटी पाटाबाट सुरु भएको दशैं बम्धाको लक्ष्मी निमावि, रुपाकोट, चन्द्रकोटको बालत्थाान, हुगाँको झेद्री हुँदै दशैंको दिन बलिथुमको माझी बस्तीमा सम्पन्न भएको डा. भण्डारीले जानकारी दिनुभयो । विगतमा व्यक्तिगत रुपमा आयोजना गरिएको गरिब बस्तीमा खुशीयाली ल्याउने नमुना दशैँ अवदेखि भने व्यवस्थापन समिति नै बनाइएकाले संस्थागत भएको छ ।

कार्यक्रममा सहभागी सवैले काँग्रेस नेता भण्डारीका कारण आफुहरुको दशैँ विषेश हुने गरेको भन्दै उहाँलाई धन्यवाद ज्ञापन गरेका छन् । आफुहरुलाई दशैमा कोसेली पठाएकाले नेता भण्डारीलाई सम्झदै उनीहरुले खुशीयाली व्यक्त गरेका थिए । उनीहरुले डा भण्डारीलाई अति माया गर्ने आफ्नो अविभावक मान्ने गरेको व्यवस्थापन समितिका संयोजक अनन्त पौडेलले बताउनुभयो।

दशैं व्यवस्थापन समितिले यस कठीन समयमा विभिन्न स्थानमा जनता समक्ष पुगी दशैं सम्पन्न गरेको भन्दै डा. भण्डारीले आभार व्यक्त गर्नुभएको छ । डा. भण्डारीले सबै मानवजातिको लागि विजया दशमी फलदायी बनोस् भन्ने कामनाका साथ मंगलमय शुभकामनासमेत व्यक्त गरेका छन् । उहाँले पाँच सय ९७ विद्यार्थीहरुको अभिभावकत्व पनि लिँदै आउनु भएको छ । उनीहरुलाई आवश्यक सामग्रीसमेत प्रदान गर्दै आउनु भएको छ ।
उहाँले हरेक सम्पन्नशाली व्यक्तिले गरिव समुदायका एक एक व्यक्तिलाई सहयोग गर्न सकेमा मुलुकको गरिवि लगायतका धेरै समस्या समाधान हुने विश्वास पनि व्यक्त गर्नुभएको छ ।

Leave a Reply