आईपीएल: पञ्जाबले कोलकातालाई हरायो

आईपीएल: पञ्जाबले कोलकातालाई हरायो

यूएईमा जारी १३ औँ सिजनको आईपीएल अन्तर्गत किंग्स इलावेन पञ्जाबले लगातार पाँचाै जित हासिल गरेकाे छ । साेमबार भएकाे  खेलमा केकेआरविरुद्धकाे ८ विकेटकाे जित निकाल्दै प्लेअफमा पुग्ने सम्भावना कायम राखेकाे छ ।

शारजाह स्टेडियममा टस हारेर ब्याटिंग गरेको कोलकाताले पञ्जाबसामु १५० रनको लक्ष्य प्रस्तुत गरेको थियाे। लक्ष्य पछ्याएकाे पञ्जावले १८.५ ओभरमा  २ विकेट गुमाउदै १५० रन बनायाे । पञ्जावकाे जितमा मन्दिप सीँहले सर्वाधिक ६६ बनाए भने कृश गेलले ५१ रन बनाए । त्यस्तै कप्तान केएल राहुलले २८ रन बनाए । बलिङ तर्फ काेलकाताका वरुण चक्रवर्ति र लकि फर्गुसनले समान १/१ विकेट लिए ।

कोलकाताले निर्धारित २० ओभरमा ९ विकेट गुमाउदै १४९ बनाएकाे हाे । कोलकाताको लागि ओपनर शुबमन गिलले सर्वाधिक ५७ रन बनाए भने कप्तान ओएन मोर्गनले ४० रन, लकी फर्गुसनले अविजित २४ रन बनाए। अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्।

पन्जाबको बलिंगमा मोहम्मद शामीले सर्वाधिक ३ विकेट, क्रिस जोर्डन र रभी बिन्सोइले २ विकेट तथा मुरुगन आश्विन र ग्लेन म्याक्सवेलले समान १ विकेट लिए।

Leave a Reply