आईपीएल: पन्जाबलाई कोलकाताले दियाे लक्ष्य १५० रनकाे लक्ष्य

आईपीएल: पन्जाबलाई कोलकाताले दियाे लक्ष्य १५० रनकाे लक्ष्य

यूएईमा जारी १३ औँ सिजनको आईपीएल अन्तर्गत किंग्स इलावेन पञ्जाबविरुद्ध केकेआरले  मध्मायम लक्ष्य प्रस्तुत गरेकाे छ ।

शारजाह स्टेडियममा टस हारेर ब्याटिंग गरेको कोलकाताले पञ्जाबसामु  १५० रनको लक्ष्य प्रस्तुत गरेको छ। कोलकाताले निर्धारित २० ओभरमा ९ विकेट गुमाउदै १४९  बनाएकाे छ ।

कोलकाताको लागि ओपनर शुबमन गिलले सर्वाधिक ५७ रन बनाए भने कप्तान ओएन मोर्गनले  ४० रन,  लकी फर्गुसनले अविजित २४ रन बनाए। अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्।

पन्जाबको बलिंगमा मोहम्मद शामीले सर्वाधिक ३ विकेट,  क्रिस जोर्डन  र रभी बिन्सोइले २ विकेट तथा मुरुगन आश्विन र ग्लेन म्याक्सवेलले समान १ विकेट लिए।

पञ्जाबको प्लेइङ-११ : केएल राहुल (कप्तान), मन्दीप सिंह, क्रिस गेल, निकोलस पूरन, ग्लेन म्याक्सवेल, दीपक हूडा, क्रिस जोर्डन, मुर्गन अश्विन, रबि विश्नोई, अर्शदीप सिंह र मोहम्मद शामी ।

केकेआरको प्लेइङ-११ : नीतिश राणा, शुभमन गिल, राहुल त्रिपाठी, इयोन मोर्गन (कप्तान), दिनेश कार्तिक, सुनील नारायण, प्याट कमिन्स, कमलेश नागरकोटी, वरुण चक्रवर्ती, प्रसिद्ध कृष्ण र लकी फर्ग्युसन ।

Leave a Reply