‘नमुछे आमा दहीमा टिका’मा अन्जलिको बेजोड अभिनय – भिडियो

‘नमुछे आमा दहीमा टिका’मा अन्जलिको बेजोड अभिनय – भिडियो

काठमाडौं :  बरिष्ठ गायक तथा संगीतकार नारायण रायमाझीले बहुचर्चित गीत “नमुछे आमा दहिमा टिका” गीतको रिमेक भर्सन बजारमा लिएर आएका छन् । नारायण रायमाझीले सदाबहार गीत ‘नमुछे आमा दहीमा टिका’को तेस्रो रेर्कडिङ बजारमा ल्याएका छन् ।

रायमाझीकै सहोदर दाजु स्व. लक्ष्मण रायमाझीको लेखनमा तयार भएको गीत पहिलो पटक २०५५ सालमा नारायणले एकल स्वर भरेका थिए ।

त्यसबेला पनि उत्तिकै चर्चा कमाएको गीतलाई दोस्रो पटक २०५८ सालमा कृष्णभक्त राई र लक्ष्मी न्यौपानेको यूगल स्वरमा रेर्कड भएको थियो । त्यसबेला पनि गाउँशहर चर्चा कमाएको सोही गीतलाई तेस्रो पटक रिमेक गरिएको छ ।

पछिल्लो समयकी ब्यस्त र चर्चित गायिका रचना रिमाल रिमाल र नारायण रायमाझीको स्वरमा रहेको गीतको भिडियोमा अञ्जलि अधिकारी, रमा थपलिया, देबेन्द्र बब्लु, रोशनी कार्कि लगायतका कलाकारहरुको उत्कृष्ट अभिनय रहेको छ ।

Leave a Reply