आईपीएल: सन्दीप आवद्ध दिल्ली कोलकातासंग पराजित

आईपीएल: सन्दीप आवद्ध दिल्ली कोलकातासंग पराजित

आईपीएल : यूएईमा जारी १३ औँ सिजनको आईपीएल अन्तर्गत कोलकाता नाइट राइडर्सले बलियाे मानिएकाे  दिल्ली क्यापिटल्सलाइ ५९ रनकाे फराकिलाे अन्तरले पराजित गरेकाे  छ । केकेआरले दिएको १ सय ९५ रनको लक्ष्य पछ्याएको दिल्ली निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ३५ रन मात्र बनाउन सक्यो ।

उसका लागि कप्तान श्रेयस अय्यरले ४७, ऋषभ पन्तले २७, शिमरोन हेटमायरले १० र रविचन्द्रन आश्विनले १४ रन बनाए ।  बलिङमा केकेआरका वरुण चक्रवर्तीले ५, प्याट कमिन्सले ३ र लकि फर्गुसनले एक विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङको मौका पाएको केकेआरले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ९४ रन बनायो । उसका लागि नीतिश राणा र सुनील नारायणले उत्कृष्ट ब्याटिङ गरे । राणाले ५३ बलमा १३ चौका र १ छक्कासहित ८१ रनको योगदान दिए ।

त्यस्तै, नारायणले ३२ बलमा ६ चौका र ४ छक्कासहित ६४ रन बनाए । त्यस्तै, राहुल त्रिपाठीले १३, शुभमन गिलले ९ र कप्तान इयोन मोर्गनले १७ रन बनाए। बालिङमा दिल्लीका एनरिक नोर्टजे, कागिसो रबाडा र मार्कस स्टोइनिसले २/२ विकेट लिए ।

दिल्लीले आज प्लेइङ-११ मा २ खेलाडी परिवर्तन गरेको थियो । उसले डानियल साम्सको स्थानमा एनरिक नोर्टजे र पृथ्वी शाको स्थानमा आजिक्य रहाणेलाई मौका दिएको थियो ।

आज पनि दिल्लीमा आवद्ध नेपाली लेगस्पिनर सन्दीप लामिछानेले मौका पाउन असफल भए । जारी सिजनमा उनले मौका नपाएको यो लगातार ११ औँ म्याच हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *