कमलबजार नगरपालिका ३ बयालामा अति बिपन्न परिवारलाई राहत बितरण

कमलबजार नगरपालिका ३ बयालामा अति बिपन्न परिवारलाई राहत बितरण

अछाम :कमलबजार नगरपालिका वडा न. ३ बयालामा अति गरीब तथा बिपन्न असाय घर परिवारलाई राहत बितरण गरिएको छ ।

जिल्ला कारागार अछामका सहायक
लेखापाल टेकराज बडुवाल (सिजापती)ले उक्त वडाका अति गरिब तथा बिपन्न असाय घर परिवार को सम्भाब्यता अध्यन गरि २१ घर परिवारलाई आफ्नो एक महिनाको पारिश्रमिक उपलब्ध गराउनु भएको हो ।

प्रति ब्यक्ति १५ किलो चामल ,५ किलो पिठो ,एक लिटर तेल,एक किलो चिनी र एक किलो आयोडिन नुन वडा अध्यक्ष जगत बहादुर बिष्टको प्रमुख आतिथ्यमा बितरण गरेको सिजापतिले बताए ।

आउदै गरेको बडा दशैको अवशरमा घरमा चुलो बल्न समेत नसेककाहरुको घरमा आफुले दिएको थोरै राहतले पनि चुलो बालेर खुशीयालिका साथ दशै मनाउन भन्ने उदेश्यका साथ सहयोग गरेको उनले बताए ।राहत बितरण कार्यक्रमको संचालन
दिपेन्द्र बिष्टले गर्नुभएको थियो ।

Leave a Reply