अछामका बाढी पीडितहरुलाई सुदूर पश्चिम समाज अमेरिकाद्धारा एक लाख रुपैया सहयोग

अछामका बाढी पीडितहरुलाई सुदूर पश्चिम समाज अमेरिकाद्धारा एक लाख रुपैया सहयोग

सुदूर पश्चिम समाज अमेरिकाले अछामका बाढी पीडितहरुलाई एक लाख रुपैया सहयोग गरेको छ ।

सुदूर पश्चिम समाज अमेरिकाले रामारोशन गाउँपालिका– ५ सैनी बजारका बाढी पीडितहरुको सहयोगका लागि गठित राहत संकलन तथा उद्दार समितिलाई एक लाख रुपैया हस्तान्तरण गरेको जनाएको छ ।

समितिका सदस्य भरत बहादुर स्वाँरलाई बाढी पीडितहरुको सहयोगका लागि एक लाख रुपैया हस्तान्तरण गरिएको अध्यक्ष गणेश बिष्ट र महासचिव जीवन बमद्धारा जारी गरिएको बिज्ञप्तिमा जनाईएको छ ।

समाजका तर्फबाट गणेश बिष्ट, राम बहादुर देउवा, हरीदत्त जोशी, जीवन बमले एक सय एक डलरका दरले सहयोग गरेका छन् । त्यस्तै नविन ओझा,टेक साँउद, मोहन सिंह बिष्ट, गणेश बिष्ट ख ले ५१ डलरका दरले सहयोग गरेका छन् ।

यसैगरी भोजराज ऐर,जनकसिंह खड्का, मुकुन्द मौनी धु्रवचन्द्र चौधरी र रमेश पनेरुले ५० डलरका दरले सहयोग गरेको बिज्ञप्तिमा उल्लेख छ ।

अछामको रामारोशन गाउँपालिकाको सैनीबजारमा बाढीमा परी १७ जना बेपत्ता भएका थिए । जसमध्ये सात जनाको शव फेला परेपनि अन्यको शव फेला परेन । बाढीले सैनी बजारका २२ पसल तथा घर बगाएको थियो । रामारोशनमा बाढी तथा पहिरोबाट दुई सयभन्दा बढि परिवार बिस्थापित भएका छन् ।

यसअघि पनि सुदूर पश्चिम समाज अमेरिकाले कैलालीका हावाहुरी पीडितहरुको घर निर्माणमा सहयोग गर्नुका साथै ह्युमानिटी फाउण्डेसनसंग डडेल्धुरामा पीसीआर मेसिन स्थापनाका लागि सहकार्य गरेको थियो ।  अमेरिकामा बस्नु भएका नेपाली ले यो विपत्ति बेला गर्नु भएको सहयोग अतुलनीय भएको भन्दै सहयोग गर्नु हुने सबैलाई राहत संकलन समिति का संयोजक पुष्प बिष्टले धन्यवाद समेत प्रकट गरेका छन

Leave a Reply