नेपाली कांग्रेसद्वारा रामारोशनका १२ सय ४३ परिवारलाई राहत वितरण

नेपाली कांग्रेसद्वारा रामारोशनका १२ सय ४३ परिवारलाई राहत वितरण

अछाम : साउन १३ र भाद्र २ गते रामारोशन क्षेत्रमा आएको बाढी पहिरोले प्रभावित परिवारका लागि नेपाली कांग्रेसले राहत वितरण कार्य को सुरु गरेको छ।                                                                    बाढी पहिरोले घर खेत लगायतका सम्पति बगाएका पिडित परिवारका लागि पहिलो चरणको राहत स्वरुप एकद्वार  प्रणाली बाट दशै तिहारको मुखमा पिडित परिवारलाई राहत पुगोस् भनेर चामल वितरण गरिएको नेपाली कांग्रेसका युवा नेता राहत संकलन तथा उदार समिति का संयोजक पुष्प बिष्टले बताउनु भएको छ।                                                                    रामारोशन गाउँपालिकाका सबै वडाका वाढी पहिरो प्रभावित परिवारको तथ्यांक संकलन गरि राहत वितरण भइरहेको बिष्टले बताउनु भयो । उहाँका अनुसार नेपाली कांग्रेसले हाल सम्म १२ सय ४३ जना परिवारलाई राहत वितरण गरिएको र अब करिब ३ सय जना परिवारलाई राहत वितरण गर्न बाकी रहेको छ ।                                                                      बाढी बाट सबैभन्दा वढी प्रभावित रामारोशन गाउँपालिका को वडा  नम्बबर ५ रामारोशनका ८ सय २९ ,वडा नम्बर ६ भटाकाटियाका २ सय ८४ वडा ४ बाटुलासेनका १ सय ३० परिवारलाई प्रत्येक परिवारलाई १ बोरा चामल राहत वितरण गरिएको छ । अब बाकि रहेका १,२,३,र ७ वडाका पिडित परिवारलाई कात्तिक ८ गते राहत बितरण गरिने संयोजक बिष्टले जानकारी दिनु भएको छ । यस अघि मृत परिवारलाई राहत वितरण गरिसकेको कांग्रेसले दोस्रो चरणको राहतमा प्याकेज सबैभन्दा बढी प्रभावित परिवारलाई केन्दि्रत गरेर ल्याउने भएको छ । नेपाली कांग्रेसले रामारोशनका बाढी पहिरो पिडितका लागि थालेको राहत संकलन अभियानमा देश तथा बिदेशमा रहेका नेपाली हरु बाट २७ लाखभन्दा बढी राहत संकलन भएको छ। राहत वितरण कार्यक्रम नेपाली कांग्रेस महासमिति सदस्य अनुराधा स्वार , जिल्ला सदस्य मान ब साउद , नेपाली कांग्रेस रामारोशनका सभापति नन्दराज उपाध्याय सचिव पुर्ण बिक गोपि खनाल नेविसंघ पुर्व केन्द्रीय सदस्य चन्द्र विक नेविसंघ जिल्ला कांग्रेस युवा नेता सदस्य दल ब साउद वड न ७ का अध्यक्ष खडक भण्डारी , तरुण दलका रेमति साउद देवेन्द्र साउद नविना विक लगायतको सहभागीता रहेको छ। कात्तिक ४ गते सुरु गरेको राहत वितरण कार्यक्रम कात्तिक ८ गते सकिने कांग्रेसले जनाएको छ

Leave a Reply