आईपीएल: राजस्थानविरुद्ध हैदराबादको फराकिलो जित

आईपीएल: राजस्थानविरुद्ध हैदराबादको फराकिलो जित

यूएईमा जारी १३ औँ संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी-२० क्रिकेटमा सनराइजर्स हैदराबादले राजस्थान रोयल्सलाई पराजित गरेको छ । गएराति दुबईमा सम्पन्न खेलमा हैदराबादले राजस्थानलाई ८ विकेटले पराजित गरेको हो ।

दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा राजस्थानले दिएको १ सय ५५ रनको लक्ष्य हैदराबादले १८.१ ओभरमा मात्र २ विकेट गुमाएर पूरा गर्‍यो । मनिष पाण्डे र विजय शंकर चम्किएपछि हैदराबादले शानदार जित हात पारेको हो । उसको जितमा पाण्डे र शंकर अर्धशतकीय इनिङ्स खेले ।

पाण्डे ८३ रनमा अविजित रहँदा शंकरले नटआउट ५२ रनको योगदान दिए । पाण्डे र शंकरले तेस्रो विकेटका लागि अविजित १ सय ४० रनको साझेदारी गरे । यस्तै जोनि बेयरस्टो १० र कप्तान डेविड वार्नर ४ रनमा आउट भए । राजस्थानका जोफ्रा आर्चरले २ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ६ विकेट गुमाएर १ सय ५४ रन बनाएको थियो । राजस्थानका लागि सन्जु सामसनले ३६ रन जोड्दा बेन स्टोक्सले ३० रन बनाए । यस्तै रियान परागले २० रन जोड्दा कप्तान स्टिभ स्मिथले १९ रन जोडे । रोबिन उथप्पा १९ रनमा आउट हुँदा जोस बट्लरले ९ रन बनाए। जोफ्रा आर्चर १६ रनमा अविजि रहे ।

हैदराबादका जेसन होल्डरले ३ विकेट लिए । विजय शंकर र राशिद खानले १/१ विकेट लिए। जितसँगै हैदराबादले १० खेलमा ८ अंक जोडेको छ। हैदराबाद तालिकाको पाँचौ स्थानमा समेत उक्लिएको छ। राजस्थानले भने ११ खेलमा ८ अंक जोडेको छ। राजस्थान पुछारबाट दोस्रो स्थानमा रहेको छ।

यस्तै हैदराबादले राजस्थानसँग अघिल्लो खेलमा व्यहोरेको हारको बदला समेत लिएको छ। सिजनको पहिलो भेटमा राजस्थानले हैदराबादलाई ५ विकेटले हराएको थियो।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *