‘जनता टुहुरो बनेको पीडाबोध हुँदैछ’ : पूर्वराजा ज्ञानेन्द्र

‘जनता टुहुरो बनेको पीडाबोध हुँदैछ’ : पूर्वराजा ज्ञानेन्द्र

काठमाडौं: पूर्वराजा ज्ञानेन्द्र शाहले  विपत्तिमा नागरिक जीवन सहज र सुरक्षित बनाउने व्यवस्थापकीय कौशल जिम्मेवार पक्षबाट प्रस्तुत हुन नसक्दा आम जनताको दैनिक जीवन अत्यन्त कष्टकर बन्दै गएको बताउनुभएको छ ।

आज दसैँको शुभकामना दिँदै शाहले संकटको बेला सरकार जनताको अभिभावक बन्न नसकेकोसमेत बताएका छन् ।

‘जनतालाई बचाउन सके मात्र राज्य बच्ने र राज्य रहे मात्र राजनीति बाँच्ने आत्मबोध सबैमा हुनु पर्दछ,’ पूर्वराजा शाहद्वारा जारी सन्देशमा भनिएको छ, ‘संकटको घडीमा अभिभावकको क्षमता र हैसियत स्पष्ट हुन्छ भन्ने आम मान्यताका आधारमा हेर्दा सबै नेपाली जनता अभिभावकविहीन बनेको पीडाबोध यति बेला हुँदैछ ।’

उनले दैनिक जीविकाको अत्यावश्यक वस्तुको मूल्यवृद्धि, अभाव र गुणस्तरीयतामा ह्रास जस्ता विषयले जनजीवन पिरोलिएकोमा चिन्तासमेत व्यक्त गरेका छन् । उनले सन्देशमा भनेका छन्, ‘समाजमा अनेक आपराधिक गतिविधि र पिशाच प्रवृत्ति बढ्दो छ । यसले मानसिक तनावको परिस्थिति पनि खडा गरेको छ । त्यसैले आज सबैले बढ्दो आशुरी र भष्माशुरी प्रवृत्तिबाट उन्मुक्ति चाहिरहेका छन् ।’

पूर्वराजा शाहद्वारा जारी सन्देश :

Leave a Reply

Your email address will not be published. Required fields are marked *