सुशान्त सिंह प्रकरणमा गृहमन्त्रीको बयान, के भन्छन् त !

सुशान्त सिंह प्रकरणमा गृहमन्त्रीको बयान, के भन्छन् त !

सुशान्त सिंह प्रकरणमा प्रत्येक दिन नयाँ नयाँ अपडेटहरू अगाडि आइरहेका छन्। के’सको जाँच सिबिआइले गरिरहेको छ। ४ महिना बितिसक्दा पनि सुशान्तको ह’त्या वा आत्मह’त्या खुल्न सकेको छैन। के’समा ड्र’ग्स मामिला जोडिएपछि नायिका रिया चक्रवर्ती १ महिना हि’रासतमा बसेर फर्किसकेकी छन्।

यसैबीच सुशान्त केसमा भैरहेको ढिलाइ र मिडियाले फैलाएका हल्लाहरूबारे गृहमन्त्री अमित शाहले आफ्नो बयान दिएका छन्। जी न्युजसँग कुरा गर्दै अमित शाह भन्छन्, “सुशान्तको के’सलाई पहिले नै सिबिआइ तथा सुप्रीम को’र्टको हातमा सुम्पेको भए अहिलेसम्म सबै कुरा ठिक भैसकेको हुन्थ्यो। सुशान्तको परिवार उनका समर्थकहरूले पहिलेदेखि नै सिबिआइको माग गरेका थिए।

के’स सिबिआइको हातमा दिन ढिलाइ गरेकाले मिडियाले विवादलाई बढाएको हो। अनावश्यक हल्ला मिडियाले फैलाएको हो, यसप्रति सबै सजग हुनुपर्छ। बिहारमा सुशान्तको केसलाई लिएर कतिपयले चुनावको माहोल बनाइरहेका छन्। सुशान्तको केसमा राजनीति हुन नदिएर चाँडै अन्तिम नतिजा ल्याउने कोसिस भैरहेको छ। एनसिबी, सिबिआइ र सुप्रीम कोर्टले आफ्नो काम गरिरहेका छन्। यी कुनै एजेन्सीलाई मैले निर्देशन दिएको छैन। काम भैरहेको छ। नतिजा चाँडै आउने छ।”

गृहमन्त्रीको बयानपछि सुशान्तका समर्थकहरू सिबिआइको अन्तिम नतिजाको पर्खाइमा छन्। केही समयअगाडि सिबिआइले आफ्नो अन्तिम निर्णय सुनाएको खबर आएको थियो। तर सो खबरलाई झुटो साबित गर्दै अगाडिको तयारीमा जुटेको जानकारी सिबिआइले दिएको छ।

Leave a Reply