आचार्य दम्पतीले जिते कोरोना

आचार्य दम्पतीले जिते कोरोना

वरिष्ठ हाँस्यकलाकार हरिवंश आचार्य र पत्नी रमिला आचार्य कोरोना संक्रमण मुक्त भएका छन् ।

गत असोज २० गते पीसीआर परिक्षण गर्दा कोरोना रिपोर्ट पोजेटिभ आएपछि होम आइसोलेसनमा बसेका आचार्य दम्पतीले घरमै बसेर कोरोनालाई जित्न सफल भएका हुन् ।

कोरोना संक्रमण मुक्त भएपछि हरिवंश आचार्यले फेसबुक मार्फत स्वास्थ लाभको कामना गर्नेहरु सबैलाई धन्यवाद व्यक्त गर्नु भएको छ । आफूलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी आचार्यले सामाजिक सञ्जालबाट दिनु भएको थियो ।

उनले भने,कोरोना संक्रमण ब्यापक रुपमा फैलिएकाले यहाँहरु सबैले जनस्वास्थ्यका मापदण्ड अनिवार्य अबलम्बन गर्नुहुन अनुरोध गर्दछौं।

Leave a Reply