पूर्वमन्त्री बाँस्कोटालाई कोरोना संक्रमण

पूर्वमन्त्री बाँस्कोटालाई कोरोना संक्रमण

पूर्व सुचना तथा सञ्चारमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी नेकपाका सांसद गोकुलप्रसाद बाँस्कोटालाई कोरोना संक्रमण देखिएको छ।

बाँस्कोटाले  ट्वीटरमार्फत् आफूलाई संक्रमण पुष्टि भएको बताएका हुन्। आफू र श्रीमतीलाई कोरोना देखिए पनि दुई छोरालाई भने कोरोना नेगेटिभ देखिएको उनले बताएका छन्।

‘मलाई पनि पाेजेटिभ देखियाे।तर राम्राे के भने बितेकाे दश दिनयता मैले कसैलाई भेटेकाे छैन। मलाई त लक्षण बिनै देखियाे तर श्रीमती तारा मानन्धरलाई लक्षणसहित।दुबै छाेरालाई नेगेटिभ देखिनु चाहिँ धेरै राम्राे। सुरक्षित रहाैं,’ उनले ट्वीटरमा भनेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *